चिनीयाँ सामानमा शुल्क वृद्धि गर्ने अमेरिकाको चेतावनी पछि विश्व शेयर बजारमा तीव्र गिरावट

May 06, 2019 Merolagani

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २०० अर्ब अमेरिकी डलर बराबरका चिनियाँ सामानमा शुल्क बृद्धि गर्ने चेतावनी दिएसँगै विश्व शेयर बजारमा ठूलो गिरावट देखिएको छ ।

अप्रत्याशित रुपमा ट्रम्पले चिनीयाँ आयातित सामानमा १० प्रतिशतबाट शुल्क बढाएर २५ प्रतिशत पुर्याएसँगै चीनमा मात्र नभई विश्व वित्तीय बजारमा यसको प्रत्यक्ष प्रभाव देखिएको छ ।

सोमबार चिनीयाँ शेयर बजारमा ६ प्रतिशतभन्दा बढीको गिरावट देखिएको छ । जबकि अमेरिकी शेयर बजार १.६ प्रतिशतले घटेको छ । योसँगै विश्व बजारमा कच्चा तेलको मूल्य पनि घटेको छ ।

उता शाङ्घाई शेयर बजार एकै दिन ५ प्रतिशतले घटेको छ भने एसियाका अन्य शेयर बजारमा पनि मन्दी छाएको छ ।

हङकङको शेयर बजार पनि ३.३ प्रतिशत घटेको छ । सिंगापुरको शेयर बजार ३.३ प्रतिशत र ताइपेईको शेयर बजार १.८ प्रतिशतले घटेको छ ।

सिड्नी र वेलिङ्टनको शेयर बजारमा एक÷एक प्रतिशतको गिरावट देखिएको छ ।

ट्रम्पको शुल्क बढाउने घोषणाको असर चिनीया मुद्रा युआनमा पनि देखिएको छ । युआनको मूल्य पनि अधिक रुपमा कमजोर भएको छ ।

ट्रम्पले ट्वीट गर्दै भने, विगत १० महिनादेखि चीनले ५० अर्ब डलर बराबरका उच्च प्रविधिका सामग्रीका लागि २५ प्रतिशत कर तिर्दै आएको छ, र २०० अर्ब डलर बराबरका सामानमा थप भएको १० प्रतिशत कर तिरिरहेको छ । अब आगामी शुक्रबारदेखि त्यो १० प्रतिशत करलाई २५ प्रतिशत बनाइनेछ ।

व्यापार युद्ध सुरु भएसँगै दुवै देशलाई अरबौँ डलर बराबरको नोक्सानी भइरहेको छ । विश्व अर्थतन्त्रका यि दुई मुलुकको व्यापार युद्धको प्रभाव विश्वव्यापी रुपमा परिरहेको छ । केही समयदेखि वार्ताको लागि पहल गरिरहेका यि दुई पक्षबीच छिट्टै नै व्यापार सम्झौताको निर्णयमा पुग्ने अपेक्षा विश्वव्यापी रुपमा रहेकोमा अब अमेरिकाले चीनमाथि शुल्क बढाएसँगै यसले उनीहरुको सम्बन्धमा कस्तो प्रभाव पार्छ भन्ने कुरा चर्चामा रहेको छ ।

राष्ट्रपति ट्रम्पको ट्वीटसँगै अर्को चरणको वार्ता हुने वा नहुने भन्नेमा अन्यौल बढेको छ । यसैसाता चिनियाँ व्यापार वार्ताकारहरु वार्ताका लागि अमेरिका प्रस्थान गर्ने कार्यक्रम तय भएको थियो । चिनियाँ पक्षले आफ्नो धारणा सार्वजनिक गर्ने तयारी गरिरहेको बताइएको छ ।

तर व्यापार वार्ता निकै सुस्त किसिमबाट अघि बढेको भन्दै राष्ट्रपति ट्रम्पले चीनमाथि थप दबाब दिन चाहनु भएको केही विश्लेषकको भनाई छ ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।