जनसेवी लघुवित्तको आईपिओ बाँडफाँड सोमबार दिउँसो,१३% आवेदकले मात्र पाउने

May 19, 2019 Merolagani

जनसेवी लघुवित्त वित्तीय संस्था (JSLBSL) को आईपिओ जेठ ६ गते सोमबार दिउँसो ३ बजे बाँडफाँड गर्ने मिति तय भएको छ। लघुवित्तको शेयर बिक्री प्रबन्धक एनएमबि क्यापिटलको केन्द्रिय कार्यालय नगपोखरीमा शेयर बाँडफाँड हुने जनाएको छ ।

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका बमोजिम लघुवित्तको आईपिओ उच्च आवेदनका कारण गोलाप्रथाबाट ४३ हजार २९९ जना आवेदकले मात्र लघुवित्तको आईपिओ पाउनेछन्। यो संख्या आईपिओमा आवेदन गरेका करिब १३ प्रतिशत मात्र हो। 

आईपिओमा आवेदन गरेका बाँकी ८७ प्रतिशत आवेदकको हात रित्तो हुने देखिन्छ। आईपिओमा १४.२८ गुणा बढी आवेदन परेको छ ।

बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार ३ लाख ३८ हजार आवेदकबाट लघुवित्तको आईपिओमा ६१ लाख ८१ हजार कित्ता शेयर माग भएको छ ।

कम्पनीले बैशाख २७ देखि ३१ गतेसम्म सर्वसाधारणमा ४ लाख ३२ हजार ९९० कित्ता आईपिओ निष्काशन गरेको थियो। निष्काशित आईपिओ २३ हजार १६५ कित्ता सामूहिक लगानी कोषकाहरु र ७ हजार १४५ कित्ता लघुवित्तका कर्मचारीलाई आरक्षित गरिएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।