आईपीओमा कूल ३ लाख ९९२ वटा आवेदनबाट सर्वसाधारणमा माग भएको १४ गुणा बढी अर्थात ५२ लाख ५० हजार ६३० कित्ता माग परेको थियो। जसमध्ये आवेदन गरेका ५७९ वटा आवेदनबाट परेको ८ हजार ९७० कित्ताको आवेदन रद्ध भएको बिक्री प्रबन्धकले जनाएको छ। लघुवित्तको आईपिओमा आवेदन गरेका ३ लाख ४१३ वटा आवेदनबाट परेको ५२ लाख ४१ हजार ६६० कित्ता शेयरको माग सदर भएको थियो।
३ लाख ४१३ वटा आवेदनमध्ये ३७ हजार ५०० जना आवेदकलाई धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका बमोजिम गोलाप्रथाबाट १० कित्ताका दरले शेयर बाँडफाँड गरिएको छ। यो कूल आवेदक संख्याका १२.४८ प्रतिशत मात्र हो। उच्च मागका कारण आईपीओमाा आवेदन गरेका ८७.५२ प्रतिशत अर्थात दुई लाख ६२ हजार ९१४ जनाले शेयर प्राप्त गर्न सकेनन्।
लघुवित्तले असार २२ देखि २५ गतेसम्म कूल कूल ४ लाख कित्ता शेयर निष्काशन भएकोमा लघुवित्तका कर्मचारीहरूका लागि ५ हजार र सामूहिक लगानी कोषका लागि २० हजार कित्ता शेयर छुट्याएर बाँकी ३ लाख ७५ हजार कित्ता शेयरमा सर्वसाधारणबाट आवेदन माग गरिएको थियो।
आईपीओ बाँडफाँड पश्चात लघुवित्तको चुक्ता पूँजी १० करोड रुपैयाँ पुगेको छ भने संस्थापक साधारण शेयर अनुपात ६०ः४० कायम भएको छ।