इन्फिनिटी लघुवित्तको आईपिओ बुधबार बाँडफाँड हुने

Jun 03, 2019 Merolagani

इन्फिनिटी लघुवित्तले सर्वसाधारणलाई निष्काशन गरेको साधारण शेयर (आईपिओ) बुधबार बिहान १० बजे बाँडफाँड हुने भएको छ । लघुवित्तले जेठ १३ देखि १६ गते बिहीबारसम्म जारी पूँजी २० करोड ७४ लाख रुपैयाँको ३२.५० प्रतिशत आईपिओ निष्काशन गरेको थियो।

लघुवित्तको बिक्री प्रबन्धक सिभिल क्यापिटलका अनुसार धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार ६२ हजार ९९३ जनालाई गोलाप्रथाबाट १० कित्ताका दरले बाँडफाँड हुनेछ । 

सिभिल क्यापिटल मार्केटका अनुसार ६८ करोड ४३ लाख रुपैयाँ बराबरको ६८ लाख ४३ हजार कित्ता शेयर माग भएको छ। ३ लाख ३२ हजार ९७५ आवेदनबाट सो माग परेको हो।

सर्वसाधारणबाट ६ करोड ७४ लाख रुपैयाँ बराबरको आईपिओ निष्काशन गरिएकोमा ११.८६ गुणा बढीको माग आवेदन परेको हो। आईपिओमा आवेदन गरेका एक सय जना आवेदकमध्ये १९ जनाले मात्र लघुवित्तको आईपिओ प्राप्त गर्नेछन् भने ८१ जना आवेदकको हात खाली हुने निश्चित देखिन्छ।

कूल ६ लाख ७४ हजार कित्ता आईपिओ निष्काशन भएकोमध्ये ३३ हजार ७०० कित्ता शेयर सामूहिक लगानी कोषहरु र १० हजार ३७० कित्ता शेयर लघुवित्तका कर्मचारीलाई छुट्याइएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।