कृषिमा ६४ अर्ब ८० करोड विनियोजन, कृषि मोबाइल एप्स सञ्चालन गरिने

May 29, 2019 Merolagani

सरकारले आर्थिक वर्ष २०७६/७७ मा कृषि क्षेत्रका लागि ६४ अर्ब ८० करोड रुपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले जेठ १५ गते बजेट सार्वजनिक गर्दै कृषि क्षेत्रको विकास गर्न उक्त रकम बिनियोजन गरेको जानकारी दिए ।

अर्थमन्त्री खतिवडाले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका लागि ८ अर्ब १० करोड विनियोजन गरेका छन् । उक्त बजेटले आगामी आर्थिक वर्षमा कृषिलाई आधुनिक, विशिष्टिकृत र व्यवासायीकरण गराउने अर्थमन्त्रीले बताएका छन् ।

अर्थमन्त्रिले आलु, प्याज, अण्डा, मासु, तरकारी, प्रमुख खाद्यान्नवालीमा मुलुकलाई आत्मनिर्भर बनाएने बताए । साथै सरकारले रासायनिक मलमा ५० प्रतिशत अनुदान लगायतको सुविधा प्रदान गर्ने घोषणा गरको छ । मल खरिदमा सरकारले ९ अर्ब रुपैयाँ अनुदान उपलब्ध गराउने छ ।

यसैगरी उखु किसानलाई अनुदान दिन ९५ करोड रुपैयाँ विनियोजन गरेको छ । सबै प्रदेशमा नमुना औद्योगिक कृषि फार्म स्थापना गर्न प्रोत्साहन गर्ने, वैदेशिक रोजगारीबाट कृषि सीप सिकेर फर्केका युवालाई अर्गा्निक खेतीमा प्रोत्साहन गर्ने बजेटमा घोषणा गरिएको छ।

कृषकलाई आफ्ना उत्पादनको बजार मूल्य थाहा दिन मोबाइल एप्स सञ्चालन गरिने खतिवडाले घोषणा गरेका छन्।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।