पाँच महिनामा पूँजीगत खर्च ९ प्रतिशतमात्र

Dec 17, 2019 10:00 AM Merolagani

चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा सरकारले ९.०५ प्रतिशत मात्र पूँजीगत खर्च गरेको छ। सरकारी खर्चको आँकडा राख्ने महालेखा नियन्त्रक कार्यालयको मंसिर मसान्तसम्मको तथ्याङ्कअनुसार सरकार खर्च गर्नमा कमजोर देखिएको हो।

सरकारले यस अवधिमा ३७ अर्ब ४८ करोड ९३ लाख मात्र पूँजीगत खर्च गरेको छ। यसअवधिमा चालु खर्चतर्फ भने विनियोजित बजेटको २५.८० प्रतिशत अर्थात २ खर्ब ४६ अर्ब ९२ करोड खर्च गरेको छ।

सरकारले चालु आर्थिक वर्षमा १५ खर्ब ३२ अर्ब ९६ करोडको बजेट ल्याएकोमा ९ अर्ब ५७ करोड चालु खर्च, ४ खर्ब ८ अर्ब पूँजीगत खर्च र वित्तीय व्यवस्थापनतर्फ एक खर्ब ६७ अर्ब ८५ करोड बजेट छुट्टाएको थियो।

यस अवधिमा सरकारले राजश्व समेत २७.७७ प्रतिशत मात्र उठाएको छ। ११ खर्ब १२ अर्ब ३ करोड आन्तरिक राजश्व उठाउने सरकारी लक्ष्य रहेकोमा हालसम्म ३ खर्ब ८ अर्ब ८२ करोड राजश्व संकलन भएको छ।

यसअघि ८ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्यका साथ अघि बढेको सरकारले पछिल्लो समय त्यसलाई समेत संशोधन गरेर ७.१ प्रतिशतमा घटाइसकेको छ। आर्थिक वृद्धिदर बढाउन सहयोग गर्ने पूँजीगत खर्चको निराशाजनक अवस्थाले सरकारको संसोधित लक्ष्य भेटाउन पनि मुस्किल पर्ने देखिएको छ।

यस अवधिमा वित्तीय व्यवस्थातर्फ विनियोजित बजेटको ८.४४ प्रतिशत अर्थात १४ अर्ब १६ करोड खर्च गरेको छ।

परियोजनाका लागि टेण्डर प्रक्रियामा नै यो अवधि बित्ने भएकाले अबका दिनमा पूँजीगत खर्चमा वृद्धि हुँदै जाने अधिकारीहरुले बताउँदै आएपनि सरकारी खर्चमा भने सुधार हुन सकेको छैन। सरकार हरेक वर्ष असारे विकास रुपमा अन्तिम महिनामा मात्रै बजेट सिध्याउने किसिमले खर्च गर्दै आइरहेको छ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।