सोल्टी होटलको नाफा २९ प्रतिशतले बढ्यो,पर्यटक आकर्षित गर्ने ब्यवसायीक योजना कार्यान्वयन गर्ने

Aug 18, 2019 04:56 PM Merolagani

सोल्टी होटल (SHL) ले गत आर्थिक वर्षको चौंथो त्रैमाससम्ममा २७ करोड ४२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा होटलको खुद नाफा २९ प्रतिशतले बढी हो। अघिल्लो वर्ष होटलले २१ करोड २९ लाख रुपैयाँ आर्जन गरेको थियो । होटलले आम्दानीका सूचकहरुलाई सन्तोषजनक रुपमा सुधार गर्दा नाफा वृद्धि भएको देखिन्छ ।

होटलले यस अवधिमा व्यापार व्यवसाय तथा सेवाको बिक्री मार्फत एक अर्ब ७४ करोड ९१ लाख रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो वर्षको यसै अवधिको तुलनामा (११.७१ प्रतिशत) १८ करोड ३३ लाख रुपैयाँले बढी हो। अघिल्लो वर्षको यसै अवधिमा होटलले एक अर्ब ५६ करोड ५८ लाख रुपैयाँ व्यापार व्यवसायबाट आम्दानी गरेको थियो ।

यस्तै यस अवधिमा होटलले ३४ करोड ८८ लाख रुपैयाँ सञ्चालन नाफा कमाएको देखिन्छ।

अघिल्लो वर्षको मुनाफाबाट होटलले १० प्रतिशत बोनस शेयर वितरण गरी चुक्ता पूँजी ६६ करोड ६० लाख रुपैयाँबाट ७३ करोड २६ लाख रुपैयाँ पुर्याएको छ। यस होटलको जगेडा कोषमा ८७ करोड ८ लाख रुपैयाँ सञ्चित छ।

होटलको प्रतिशेयर आम्दानी तीन रुपैयाँ ७४ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ २१ रुपैयाँ ८९ पैसा छ। अन्य कम्पनीको प्रतिकित्ता शेयरमूल्य एक सय रुपैयाँ रहेपनि सोल्टीले प्रतिकित्ता दश रुपैयाँ अंकित दरमा शेयर जारी गरेको थियो। यस आधारमा कम्पनीको दश रुपैयाँ अंकित शेयरले ३ रुपैयाँ ७४ पैसा आर्जन गरेको हो।

चालृु आवको पहिलो त्रैमासमा होटलले कूल आय वृद्धि गर्न सबै प्रकारका रणनीति अख्तियार गर्ने, ओटल लागतमा मितब्ययीता र अनावश्यक खर्च कटौती गर्ने उल्लेख गरेको छ । यसैगरि कर्पोरेट, सभा, सम्मेलन, बैंक्वेट आदीलाई सशक्तीकरण गर्दै पर्यटक आकर्षित गर्ने ब्यवसायीक योजना कार्यान्वयन गर्ने जनाएको छ ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।