युनिलिभरको खर्च बढेपछि नाफा घट्यो

Nov 15, 2019 10:18 AM Merolagani

युनिलिभर नेपाल लिमिटेड (UNL) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा २४ करोड ६३ लाख खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा २६.३६ प्रतिशत कम हो। गत आर्थिक वर्षको सो अवधिसम्ममा कम्पनीले ३३ करोड ४५ लाख खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा कम्पनीको कुल आम्दानीको तुलनामा कुल खर्च उल्लेख्य बढेपछि नाफा घट्न पुगेको हो। कम्पनीले ग्राहकहरुलाई राम्रो सुविधा दिँदा लजिस्टिक खर्च बढ्नुका साथै एसएपीसंग सम्बन्धित खर्च बढेपछि कुल खर्च बढेको वित्तीय विवरणमा उल्लेख गरेको छ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीको कुल आम्दानी १ अर्ब ७६ करोड ४७ लाख रहेको छ। जुन गत आवको यसै अवधिको तुलनामा ४.३४ प्रतिशत बढी हो। कम्पनीको कुल खर्च भने समीक्षा अवधिमा १४.७३ प्रतिशत बढेर १ अर्ब ४६ करोड २३ लाख पुगेको छ।

नाफा घटेसंगै कम्पनीको प्रतिशेयर आम्दानीमा पनि ह्रास आएको छ। गत आवको पहिलो त्रैमासको तुलनामा चालु आवको यसै अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ६० रुपैयाँ घटेर एक हजार ६१ रुपैयाँ कायम भएको छ।

कम्पनीको प्रतिशेयर नेटवर्थ भने समीक्षा अवधिमा ३६१ रुपैयाँ बढेर २ हजार ७९२ रुपैयाँ कायम भएको छ। कम्पनीको मूल्य आम्दानी अनुपात २१ बाट घटेर १९ गुणा कायम भएको छ।

दोस्रो बजारमा सबैभन्दा महँगो शेयरमूल्य भएको एक कम्पनीको चुक्ता पूँजी ९ करोड २१ लाख रहेको छ। कम्पनीको शेयरधनी कोषमा २ अर्ब ४७ करोड ८६ लाख सञ्चित छ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।