शतप्रतिशत लाभांश घोषणा गरेको हिमालयन डिष्टिलरीको यस्तो छ प्रगति ?

Nov 16, 2019 11:30 AM Merolagani

आफ्ना शेयरधनीलाई गत आर्थिक वर्षको मुनाफाबाट ५० प्रतिशत बोनस र ५२.६३ प्रतिशत नगद लाभांश घोषणा गरेको हिमालयन डिष्टिलरी (HDL) ले मदिराको ब्यापार घट्दा पनि आफ्नो खुद मुनाफा ५१ प्रतिशतले बढाउन सफल भएको छ।

चालु आर्थिक वर्षको प्रथम त्रैमासमा कम्पनीले ९ करोड ७५ लाख ५५ हजार रुपैयाँ खुद मुनाफा आर्जर गरि त्रैमासिक रुपमा २५ रुपैयाँ ३० पैसा कायम गरेको छ । गत आवको अवधिमा कम्पनीको खुद नाफा ६ करोड ४५ लाख ८२ हजार मुनाफा आर्जन गर्दा १६ रुपैयाँ ७५ पैसा रहेको थियो।

समीक्षा अवधिको प्रथम त्रैमासमा कम्पनीको प्रतिशेयर आम्दानी ५१.०४ प्रतिशतले बढेको हो। मदिराजन्य पेय पदार्थ उत्पादन गरेर बिक्री वितरण गर्दै आएको कम्पनीको सबै आर्थिक वर्षमा अन्तिम त्रैमासमा अधिक मदिराको ब्यापार हुने गर्दछ।

सरकारले बजेट मार्फत अन्तशुल्क र करका दरमा गर्ने परिवर्तनले नयाँ आर्थिक वर्ष सुरु हुनअघि अन्तिम त्रैमासमा उच्च ब्यापार देखिन्छ। यसैकारण गत आवको प्रथम त्रैमासको आधारमा वार्षिक ६७ रुपैयाँ देखिएको उसको इपिएस दोब्बर अर्थात १३९ कायम भएको थियो। यस आधारमा हेर्दा यो वर्षको   प्रथम त्रैमासका आधारमा कम्पनीको वार्षिक इपिएस १०१ रुपैयाँ रहेकोले वर्षको अन्त्यसम्ममा २०० पुग्ने सम्भावना छ। किनभने मदिरा उत्पादकहरुको व्यापार चालु आवको प्रथम त्रैमासमा निकै न्यून मात्र हुन्छ भने अन्तिम त्रैमासमा अत्याधिक हुने गरेको छ।

चालु आवको प्रथम त्रैमासमा कम्पनीले मदिराको कच्चा पदार्थको रुपमा प्रयोग हुने स्प्रिटको उपलब्धीदर अत्याधिक रुपमा बढाउँदा जेठ १५ पछि कम्पनीले उत्पादन गर्न नसक्दा र सो आयात गर्नुपर्दा समेत लागतमा वृद्धि भएको छ।

सरकारले कार्तिक २५ गते अन्तशुल्क नियमावली संसोधन गरि स्प्रिट (जुन खाद्य पदार्थबाट निकालिन्छ) को उपलब्धीदर घटाएकाले दोस्रो त्रैमास पश्चात कम्पनीले आफैँले स्प्रिट उत्पादन थाल्ने र लागतमा कमी आई बोतलबन्दी मदिराको ब्यापारमा वृद्धि हुने भएकाले पनि कम्पनीको मुनाफा वृद्धि हुने कम्पनीले उल्लेख गरेको छ

अर्थमन्त्री डा.युवराज खतिवडाले चालु आर्थिक वर्षको बजेटमार्फत कार्यान्वयनमा ल्याएका मदिराको कच्चा पदार्थ एक्स्ट्रा नेचुरल अल्कोहल (इएनए) को मापदण्ड पहिला एक सय किलो चामल वा कनिकाबाट ३०.५७ लिटर रहेकोमा बढाएर ४२ लिटरको मापदण्ड तोकिदिएपछि  दर्जनौँ मदिरा उद्योग बन्द भई राजस्व असुलीमा समेत प्रत्यक्ष प्रभाव परेपछि सरकारले ३६ लिटर कायम गरेर संसोधन गरेको हो।

चालु आवको प्रथम त्रैमासमा स्प्रिटको उत्पादन नहुँदा कम्पनीको ब्यापार ४३ करोड ३३ लाखबाट घटेर ४० करोड ६१ लाख मात्र भएको छ। यद्यपी कम्पनीले अन्य सञ्चालन आम्दानी बढाएर दोब्बर (५१ लाख) पारेको छ भने खर्चका शिर्षहरु पनि निकै घटाएको छ। जसले कम्पनीको ब्यापार घट्दा पनि कर पछिको मुनाफा ५१ प्रतिशतले बढेको हो।

दोस्रो त्रैमासमा स्प्रिटको उत्पादन बढेपछि कम्पनीको मुनाफा थप विस्तार हुनेछ। ३८ करोड ५६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको हिमालयन डिष्टीलरीको शेयरधनी कोषमा ७० करोड २५ लाख रुपैयाँभन्दा बढी छ। कम्पनीको प्रतिशेयर नेटवर्थ २८२ रुपैयाँ १७ पैसा र वार्षिक प्रतिशेयरु आम्दानीक आधारमा हेर्दा मूल्य आम्दानी अनुपात १६ गुणा देखिन्छ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।