एशियन लाइफ इन्स्योरेन्सको खुद बीमा शुल्क ३० प्रतिशतले बढ्यो, अन्य सूचक कस्ताे ?

Nov 17, 2019 10:06 AM Merolagani

एशियन लाइफ इन्स्योरेन्स (ALICL) ले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ८८ करोड ८६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ। यो अघिल्लो वर्षको यहि अवधिको तुलनामा ३०.२२ प्रतिशत अर्थात २० करोड २६ लाख रुपैयाँले बढी हो।

गत वर्षको यहि अवधिमा इन्स्योरेन्सले ६८ करोड २४ लाख रुपैयाँ खुद बीमा शुल्क आम्दानी गरेको थियो ।

कम्पनीले लगानी कर्जा तथा अन्य आयबाट ३४ करोड ९८ लाख रुपैयाँ, बीमालेख धितो एक अर्ब ७२ करोड १२ लाख रुपैयाँ कर्जा लगानी गरेर २ करोड ४४ लाख रुपैयाँ आम्दानी गरेको छ ।

यस अवधिमा कम्पनीले बीमाङ्कीय मूल्याङ्कन अघि ४ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत बर्षको यहि अवधिको तुलनामा २ करोड ३३ लाख रुपैयाँ अर्थात १३७.८७ प्रतिशतले बढी हो। गत बर्षको पहिलो त्रैमासमा कम्पनीले १ करोड ६९ लाख रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो ।

चुक्ता पूँजी २ अर्ब एक करोड रुपैयाँ रहेको इन्स्योरेन्सको जीवन बीमा कोषमा १७ अर्ब ९४ करोड ८८ लाख रुपैयाँ, जगेडा कोषमा ४० करोड ५४ लाख रुपैयाँ र महाविपत्ती कोषमा ४ करोड ३० लाख रुपैयाँ सञ्चित छ ।

हालसम्म २ लाख ७७ हजार ७५० बीमालेख रहेको कम्पनीले कुल २१ अर्ब १० करोड ७५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ। यस अवधिमा ५ हजार ५६ दाबी वापत एक अर्ब २५ करोड ७३ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ भने ८२ दाबी वापत २ करोड ५३ लाख रुपैयाँ बराबरको भुक्तानी गर्न बाँकी छ।

कम्पनीको प्रतिशेयर आम्दानी ८ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १२२ रुपैयाँ ३१ पैसा र मूल्य आम्दानी अनुपात ३९.७३ गुणा बढी छ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।