पुरानालाई उछिन्दै नयाँ जीवन बीमा कम्पनी, युनियन लाइफकाे आक्रमक उपस्थिती

Nov 19, 2019 06:15 PM Arun Pakhren

पछिल्लो समय सञ्चालनमा आएका नयाँ १० जीवन बीमा कम्पनीहरुमध्ये केहिले पुराना कम्पनीहरुलाई उछिनेका छन्। चालू आर्थिक वर्षको वित्तीय विवरण अनुसार नयाँ बीमा कम्पनीहरुले आक्रमक रुपले बजार विस्तारलाई तिब्रता दिँदा केहि पुराना कम्पनीहरु पछि परेका हुन्।

सञ्चालनमा रहेका पुराना कम्पनीहरु प्राइम लाइफ, सूर्या लाइफ र गुराँस लाइफलाई युनियन लाइफ लगायत केहि नयाँ कम्पनीहरुले खुद बीमा शुल्क संकलन र नाफा दुबैमा उछिनेका हुन् ।

यी तीन कम्पनीलाई युनियन लाइफले खुद बीमा शुल्क संकलन र खदु नाफा दुबैमा पछि पार्दै नयाँ कम्पनीहरुमा आफुलाई अब्बल सबित गरेको छ। युनियन लाइफले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ७७ करोड ८२ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरी १० करोड ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको वित्तीय विवरण प्रकाशित गरेको छ।

यता प्राइम लाइफले ७५ करोड ७६ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरी १० करोड २ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यस्तै सूर्या लाइफले ५७ करोड ९१ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरी ७ करोड ८७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गुराँस लाइफले ४४ करोड ८५ लाख रुपैयाँ ३ करोड १९ लाख रुपैयाँ मात्रै खुद नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको छ।

  • युनियन लाइफको गर्विलो उपस्थिति

नयाँ सञ्चालनमा रहेका युनियन लाइफले आफुलाई अब्बल साबित गर्दै लगेको छ। चालू आर्थिक वर्षको पहिलो त्रैमासमा अधिकांश सूचकमा तीन पुराना कम्पनी सहित सबै नयाँ कम्पनीहरुलाई उछिन्दै आफ्नो उपस्थितिलाई मजबुद बनाएको हो।

युनियन लाइफले यस अवधिमा सबैभन्दा ७७ करोड ८२ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ। दोस्रोमा रहेका रिलायवल लाइफले ३८ करोड ७६ लाख रुपैयाँ र तेस्रो स्थानमा रहेको सिटिजन लाइफले ३३ करोड ३५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ ।

यस्तै ज्योति लाइफ, रिलायन्स लाइफ, सन नेपाल लाइफ र आईएमई लाइफलको खुद बीमा शुल्क २० करोड भन्दा माथि रहेको छ।

प्रभु लाइफ र सानिमा लाइफले १३ करोड खुद बीमा शुल्क आर्जन गर्दा महालक्ष्मी लाइफले सबै भन्दा कम १० करोड ३६ लाख रुपैयाँ आम्दानी गरेको छ।

  • खुद नाफामा पनि युनियन लाइफ अघि

चालू आर्थिक वर्षमा युनियन लाइफले नयाँ बीमा कम्पनीहरुमा सबैभन्दा धेरै १० करोड ४५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यद्यपी जीवन बीमा कम्पनीहरुको सार्वजनिक गर्ने यो नाफा बीमाङ्कीय मुल्याङ्कन अघिको नाफा हो।

खुद नाफाको आधारमा दोस्रो स्थानमा रहेको रिलायवल लाइफले ५ करोड ८१ लाख, सिटिजन लाइफले ५ करोड १ लाख, ज्योति लाइफले ३ करोड ७६ लाख आर्जन गरेको छ। सन् नेपाल लाइफले ३ करोड ५० लाख रुपैयाँ खुद नाफा कमाएको छ।

यस्तै आईएमई लाइफ र महालक्ष्मी लाइफको खुद नाफा २ करोड माथि हुँदा सानिमा, रिलायन्स र प्रभुको खुद नाफा एक करोड माथि रहेको छ। प्रभु लाइफले नयाँ बीमा कम्पनीहरुमध्ये सबैभन्दा कम १ करोड २२ लाख रुपैयाँ मात्रै खुद नाफा कमाएको छ।

  • जगेडा कोषमा रिलायवल अघि, जीवन बीमा कोषमा युनियन नै

नयाँ जीवन बीमा कम्पनीहरुमध्ये रिलायवल लाइफ इन्स्योरेन्सको जगेडा कोष बलियो देखिएको छ। रिलायवलको जगेडा कोषमा सबैभन्दा धेरै ४९ करोड ९५ लाख रुपैयाँ सञ्चित छ। यस्तै उसको जीवन बीमा कोषमा भने ७१ करोड १८ लाख रुपैयाँ छ।

यता सबैभन्दा धेरै खुद बीमा शुल्क र नाफा आर्जन गरेको युनियन लाइफले जीवन बीमा कोषलाई पनि मजबुत बनाएको छ। यस अवधिमा युनियनको जीवन बीमा कोषमा २ अर्ब ४९ करोड ६२ लाख रुपैयाँ सञ्चित छ । यस्तै जगेडा कोषमा ४५ करोड ५२ लाख रुपैयाँ छुट्टाएको छ।

सानिमा लाइफको जीवन बीमा कोषमा सबैभन्दा कम ३० करोड २ लाख रुपैयाँ सञ्चित छ भने महालक्ष्मी लाइफ इन्स्योरेन्सको जगेडा कोषमा सबै भन्दा कम ३ करोड २४ लाख रुपैयाँ सञ्चित छ। 

हाल सञ्चालनमा रहेका १० कम्पनीको कूल चुक्ता पूँजी १४ अर्ब ६७ करोड रुपैयाँ छ। बीमा समितिको निर्देशन अनुसार प्रत्येक कम्पनीले न्यूनतम २ अर्बका चुक्ता पूँजी पुर्यानुपर्नेछ । पूँजी वृद्धिको लागि बीमा कम्पनीहरुले सर्वसाधारणको लागि आईपिओ निष्काशन गर्ने तयारी समेत थालिसकेका छन्।

यी कम्पनीहरुले कूल ६ अर्ब २८ करोड ५० लाख रुपैयाँ बराबरको प्राथमिक शेयर (आईपीओ) सर्वसाधारणमा बिक्रीमा ल्याउने तयारी गरेका छन्। आईपिओ निष्काशन पश्चात नौं जीबन बीमा कम्पीहरुको कूल चुक्ता पूँजी २० अर्ब ९५ करोड रूपैयाँ पुग्नेछ ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।