खुद बीमा शुल्क आर्जनमा नेपाल लाइफ अघि, प्रतिशेयर आम्दानी र नेटवर्थमा प्राइम लाइफ

Nov 26, 2019 09:12 AM Merolagani

चालू आर्थिक वर्षको पहिलो त्रैमासमा जीवन बीमा कम्पनीहरु मध्ये नेपाल लाइफले आफ्नो अग्रता कायमै राखेको छ। जीवन बीमा क्षेत्रमा क्रियाशील र शेयर बजारमा सूचीकृत मध्ये नेपाल लाइफ धेरै अगाडि छ भने अन्य कम्पनीहरुले  पछ्याउँदै आइरहेका छन्।

आफ्नो व्यवसायको आकारलाई निरन्तर विस्तार गर्दै नेपाल लाइफले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा पनि आफ्नो अग्रतालाई कायमै राख्न सफल भएको हो ।

  ५ अर्ब ४९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको नेपाल लाइफ, बीमा व्यवसायको मुख्य श्रोत खुद बीमा शुल्क आर्जन, नाफा, जीवन बीमा कोष, जगेडा कोष र चुक्ता पूँजीमा  अग्रस्थानमा छ।  

नेपाल लाइफ पछि नेशनल लाइफको चुक्ता पूँजी ३ अर्ब ८ करोड रुपैयाँ छ। यस्तै प्राइम, सूर्या, एशियन लाइफ र लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले न्यूनतम २ अर्ब रुपैयाँ भन्दा बढी चुक्ता पूँजी पुर्याएका छन्।

गुराँस लाइफको चुक्ता पूँजी भने सबै भन्दा कम ९३ करोड ८५ लाख रुपैयाँ छ। 

  • खुद बीमा शुल्क साढे १६ अर्ब माथि, नेपाल लाइफको मात्रै ४७.१४ प्रतिशत योगदान

नेप्सेमा सूचीकृत ७ जीवन बीमा कम्पनीहरुले आर्जन गरेको कूल १६ अर्ब ५८ करोड बीमा शुल्कमा नेपाल लाइफले मात्रै ७ अर्ब ८१ करोड ८३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेकोे छ। यो कूल खुद बीमा शुल्कको ४७.१४ प्रतिशत हो।

यस्तै एलआइसी नेपालले ४ अर्ब १७ करोड रुपैयाँ, नेशनल लाइफले १ अर्ब ९१ करोड, एशियन लाइफले ८८ करोड, प्राइम लाइफले ७५ करोड र सूर्या लाइफ ५७ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेका छन्। सबै भन्दा कम गुराँस लाइफले ४४ करोड रुपैयाँ मात्रै खुद बीमा शुल्क आर्जन गरेको छ।

  • सात कम्पनीको खुद नाफा ५९ करोड ४७ लाख

सात जीवन बीमा कम्पनीहरुले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ५९ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएका छन्। जसमध्ये सबैभन्दा धेरै खुद नाफा कमाउनेमा पनि नेपाल लाइफ इन्स्योरेन्स रहेको छ। नेपाल लाइफले यस अवधिमा २० करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएको हो।

त्यस पछि नेशनल लाइफ इन्स्योरेन्सले ११ करोड ५४ लाख, प्राइम लाइफले १० करोड २ लाख, सुर्या लाइफले ७ करोड ८७ लाख, एशियन लाइफले ४ करोड २ लाख, गुराँस लाइफले ३ करोड १९ लाख र एलआइसी नेपालले सबैभन्दा कम २ करोड ३६ लाख रुपैयाँ खुद नाफा कमाएका छ।

  • जगेडा र जीवन बीमा कोष

जगेडा र जीवन बीमा कोषमा पनि नेपाल लाइफको सबैभन्दा धेरै रकम सञ्चित गर्ने कम्पनी बनेको छ। नेपाल लाइफको जगेडा कोषमा २ अर्ब ६४ करोड र जीवन बीमा कोषमा ७२ अर्ब ३३ करोड रुपैयाँ सञ्चित छ ।

यस्तै गुराँस लाइफको जगेडा कोषमा सबैभन्दा कम ३० करोड ८५ लाख रुपैयाँ छ भने जीवन बीमा कोषमा सूर्या लाइफको सबै भन्दा थोरै ५ अर्ब ६९ करोड १२ लाख रुपैयाँ सञ्चित छ ।

  • प्रतिशेयर आम्दानी र नेटवर्थमा प्राइम लाइफ अगाडि

प्रतिशेयर आम्दानी र नेटवर्थका आधारमा भने प्राइम लाइफ इन्स्योरेन्स पहिलो स्थानमा छ। प्राइम लाइफको प्रतिशेयर आम्दानी १९ रुपैयाँ ९६ पैसा र प्रतिशेयर नेटवर्थ १५८ रुपैयाँ कायम छ।

यस्तै सूर्या लाइफको प्रतिशेयर आम्दानी १४ रुपैयाँ ६० पैसा, गुराँस लाइफको १३ रुपैयाँ ६० पैसा, नेशनल लाइफको १४ रुपैयाँ ९६ पैसा, एशियन लाइफको ८ रुपैयाँ, नेपाल लाइफको १४ रुपैयाँ ८४ पैसा र एलआइसी नेपालको सबै भन्दा कम ४ रुपैयाँ ६८ पैसा छ ।

यसैगरि नेपाल लाईफको प्रतिशेयर नेटवर्थ १५६ रुपैयाँ ६८ पैसा, सूर्या लाइफको १४८ रुपैयाँ ९३ पैसा, गुँरास लाइफको १३७ रुपैयाँ १८ पैसा, एलआईसी नेपालको १३२ रुपैयाँ ७५ पैसा, र एशियन लाइफको प्रतिशेयर नेटवर्थ १२२ रुपैयाँ ३१ पैसा कायम छ।

यस्तै सबैभन्दा थोरै प्रतिशेयर नेटवर्थ नेशनल लाईफको १२१ रुपैयाँ ८६ पैसा छ ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।