लक्ष्मी बैंकको ऋणपत्र बाँडफाँड, सबै आवेदकलाई मागेजति

Nov 17, 2019 05:16 PM Merolagani

लक्ष्मी बैंक (LBL) ले बिक्री गरेको २ अर्ब रुपैयाँ बराबरको “१०% लक्ष्मी बैंक डिबेन्चर, २०८६” बाँडफाँड भएको छ। बैंकले असोज २३ गते देखि कात्तिक २२ गते सम्म निष्काशन गरेको उक्त ऋणपत्र मंसिर १ गते आइतबार बाँडफाँड गरेको हो।

बैंकको ऋणपत्रमा आवेदन गर्ने सबै आवेदकले मागेजनि नै शेयर हात पारेका छन् भने सर्वसाधारणमा बिक्री नभएको ऋणपत्र समेत थप गरी बैंकले व्यक्तिगत तवरबाट सबै ऋणपत्र बिक्री गरेको छ।

कूल निष्काशित २० लाख कित्ता ऋणपत्रमध्ये सर्वसाधारणतर्फ २६५ जना आवेदकलाई माग गरेबमोजिम नै ७९ हजार ९९६ कित्ता र व्यक्तिगत तवरबाट २३ जना आवेदकलाई माग गरेबमोजिम नै १९ लाख २० हजार ४ कित्ता ऋणपत्र बाँडफाँड गरिएको हो।

नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेड विक्री प्रबन्धक रहेको बैंकको ऋणपत्रमा लगानीकर्ताले वार्षिक १० प्रतिशतका दरले अर्धवार्षिक रुपमा ब्याज प्राप्त गर्नेछन् । १० वर्षे अवधिको उक्त ऋणपत्र २०८६ मा परिपक्व हुनेछ ।

लक्ष्मी बैंकले हाल मुलुकभर ४८ जिल्लामा ११६ शाखा, २ एक्सेन्शन काउन्टर र ४ हस्पिटल सेवा काउन्टर, १४१ एटिएम, २ हजार ५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ६४ शाखा रहित बैंकिङ्ग एजेन्टहरुमार्फत सेवा प्रदान गर्दै आइरहेको छ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।