गुडविल फाइनान्सले पनि ऋणपत्र निष्काशन गर्ने, रेटिङ्ग सम्पन्न

Nov 20, 2019 12:34 PM Merolagani

गुडविल फाइनान्स (GFCL) ले २५ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ। फाइनान्सले उक्त परिमाणको ऋणपत्र निष्काशनको लागि रेटिङ्ग गराएको छ।

फाइनान्सले निष्काशन गर्न लागेको गक्त ऋणपत्रमा इक्रा नेपालले मध्यम सुरक्षा जनाउने 'इक्रा एनपी बीबी' रेटिङ्ग प्रदान गरेको छ।

ऋणपत्र निष्काशनको लागि फाइनान्सले धितोपत्र बोर्डमा भने आवेदन दिएको छैन। बोर्डबाट अनुमति पाएपछि मात्र ऋणपत्र निष्काशनको काम अघि बढ्नेछ।

चुक्ता पूँजी ८० करोड रुपैयाँ रहेको फाइनान्सको जगेडा कोषमा ३२ करोड ९० लाख रुपैयाँ सञ्चित छ। उसको वार्षिक प्रतिशेयर आम्दानी ६ रुपैयाँ ०९ पैसा छ । 

हालसम्म “क” वर्गका वाणिज्य बैंकहरु ऋणपत्र निष्काशन गर्दै आइरहेकोमा गुडविल फाइनान्सले पनि ऋणपत्र निष्काशन गर्न लागेको हो। यसअघि आइसिएफसि फाइनान्सले पनि २० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्न बोर्डसँग अनुमति मागेको छ।

दीर्घकालीन लगानीका लागि स्रोत परिचालनका लागि वाणिज्य बैंकहरुमा प्रतिस्पर्धी ब्याजदरमा ऋणपत्र निष्काशनको क्रम चलिरहँदा फाइनान्स कम्पनीहरुले पनि वाणिज्य बैंकभन्दा धेरै ब्याजदरमा ऋणपत्र निष्काशन गर्ने प्रकृया अगाडि बढाउन थालेका छन्।

वाणिज्य बैंकहरुले अहिले अधिकतम १०.२५ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काशन गरिरहेका छन्।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।