बुधबारदेखि बर्षा र हिमपात हुने सम्भावना

Dec 31, 2019 10:12 AM Merolagani

पुस १६ गते बुधबारदेखि देशका विभिन्न स्थानहरुमा वर्षा तथा हिमपात हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बताएको छ।

उक्त प्रणालीका कारण बुधबार र बिहीबार देशैभरी बदली भई तापक्रममा गिरावट आई देशैभरी चिसो बढ्ने महाशाखाले जनाएको छ।
पुस १४ गते सोमबार राती प्रवेश गरेको पश्चिमी न्यून चापिय प्रणालीका कारण बुधबारदेखि वर्षा र हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मंगलबार दिउँसोसम्म मौसम सामान्यतया सफा रहने र राती पश्चिम उच्च पहाडी तथा हिमाली भूभागहरुका एक÷दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
पुस १६ गते बुधबार देशभर आंशिक देखि सामान्य बदली रहि पश्चित र पूर्वि पहाडी भु–भागमा हल्का वर्षा तथा उच्च पहाडि र हिमालि भु–भागमा हल्कादेखि मध्यम खालको हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
त्यसैगरी, पुस १७ गते बिहीबार देशभर सामान्य बदली रहि देशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडि र हिमाली भु–भागमा मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको महाशाखाले बताएको छ।
महाशाखाका अनुसार सो प्रणालीले शुक्रबारसमेत वर्षा तथा हिमपात गराउने सम्भावना रहेको छ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।