आजदेखि वर्षा र हिमपात हुने सम्भावना

Jan 16, 2020 10:23 AM Merolagani

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज (माघ २ गते) देखि देशका विभिन्न स्थानहरुमा वर्षा तथा हिमपातको सम्भावना रहेको बताएको छ।

नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज बिहीबार मध्य तथा पश्चिमी भूभागका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ। त्यसैगरी, मध्य तथा पश्चिमी उच्च पहाडी तथा हिमाली भेगका केही स्थानहरुमा भारी हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।

त्यसैगरी, शुक्रबार देशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र मध्य तथा पूर्वी उच्च पहाडी तथा हिमाली भेगका केही स्थानहरुमा भारी हिमपातको सम्भावना रहेको विभागले बताएको छ।

माघ ४ गते शनिबार पश्चिमी भूभागका थोरै स्थानहरुमा हल्का वर्षा हुने र पश्चिमी उच्च पहाडी तथा हिमाली भेगका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको विभागको पूर्वानुमान छ।

वर्षा र हिमपातको सम्भावना रहेकोले चिसोबाट बच्न सर्वसाधारणलाई विभागले अनुरोध गरेको छ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।