आज र भोलि वर्षा तथा हिमपातको सम्भावना

Jan 08, 2020 08:48 AM Merolagani

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज (पुस २३ गते, बुधबार) र भोलि (पुस २४ गते, बिहीबार) हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावन रहेको बताएको छ।

नेपालमा पश्चिमी न्यून चापिय प्रणालीको प्रभावले बुधबार तथा बिहीबार देशभर सामान्यदेखि पूर्ण बदली रही पश्चिम र मध्यका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ। देशको पूर्वी भू–भागमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ। यसका साथै देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा मध्यम देखि भारी हिमपात हुने सम्भावना रहेको महाशाखाले बताएको छ।

महाशाखाले शुक्रबार दिउँसो देशका पूर्वी र मध्य पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहने बताएको छ। तर, मध्य र पूर्वी पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाको भनाई छ।

आगामी २४ घण्टामा देशका केही स्थानहरुमा वर्षा तथा हिमपातको सम्भावना रहेको र यसैको कारण जाडो बढ्ने हुनाले चिसोबाट जोगिने उपाय अपनाउन महाशाखाले अनुरोध गरेको छ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।