लगानीको दृष्टिकोण बदल्ने पुस्तक ‘द वारेन बफेट वे’ को सारंश भाग ३

Feb 03, 2021 06:27 PM Merolagani

हरेक साताको बुधबार धितोपत्र बजार र अर्थसम्बन्धित पुस्तकहरुको सारंश प्रस्तुत गर्ने क्रममा अघिल्लो सातादेखि हामीले ‘द वारेन बफेट वे’ पुस्तकको सारंश प्रस्तुत गर्दै आएका छौँ।

स्टक मार्केटका बादशाहा मानिने वारेन बफेटको लगानीका दृष्टिकोणहरु समेटिएको यो पुस्तक रोबर्ट जी ह्यागस्ट्रमले लेखेका हुन्। पुस्तकमा बफेट कसरी सफल लगानीकर्ता भए? स्टक खरिद गर्न उनी के कस्तो रणनीति अपनाउए? जस्ता विषयवस्तुलाई यस पुस्तकमा समेटिएको छ। शुरु गरौँ यसै पुस्तकको सारंशको तेस्रो तथा अन्तिम भागः

बफेटका होल्डिङ्ग

उनको लगानी करियरभरी, वारेनले होल्डिङ्गका विभिन्न संयोजनहरु खरिद गरे। यसले निम्न कुराहरुलाई समावेश गर्दछः

स्थायी होल्डिङ्गः उनका स्थायी होल्डिङ्गमा ४ कम्पनीहरु छन् जुन वारेनले कहिल्यै बेच्ने संकल्प गरेनन्। यी कम्पनीहरुको भ्यालु उच्च हुन्छ। उनले वासिन्टन पोष्टलाई रोजेका छन्। किनभने यो राम्रो आर्थिक सद्भावना भएको शीर्ष राष्ट्रिय दैनिक हो। उनले लाभदायक फ्रेन्चाइजका कारण गाइको कोओपरेशन रोजे। गाइकोले बिना कुनै एजेन्ट कम लागतको बीमा बिक्री गर्थे। अर्को स्थायी होल्डिङ्ग क्यापिटल सिटिज। यो ११ बिलियन डलरको सञ्चार तथा मिडिया व्यापार हो। क्यापिटल सिटिजसँग केबल, रेडियो, टिभी र अन्य नेटवर्कहरु थिए। वारेनले पछिल्लो समय कोकाकोलामा लगानी गरेका छन्। यस कम्पनीसँग मान्य पहिचान र विश्वमा सबैभन्दा राम्रो वितरण प्रणाली दुबै छ।

फिक्स्ड इन्कम मार्केटेबल सेक्यूरिटीजः यसमा त्यस्ता कम्पनीहरु समावेश छन् जसले अधिकतम करपछिको प्रतिफल दिन्छ। वारेनको दीर्घकालिन बण्डमा आरजेआर नबिस्को र वासिङ्गटन पब्लिक पावर सप्लाई सिस्टम समावेश छन्। यूएस एयरग्रुप, अमेरिकन एक्सप्रेस, साल्मन इन्क र च्याम्पियन इन्टरनेशनल उनका परिवर्तिय अग्राधिकार शेयर हुन्।

इक्विटी मार्केटेवल सेक्यूरिटीजः वारेनले धेरै इक्विटी मार्केटेबल सेक्यूरिटीज चयन गरेका छन्। त्यसमा वेल्स फर्गो कम्पनी, जिलेट कम्पनी, गिनीज पीएलसी, जनरल डाइनामिक्स र द फेडरल होम लोन मोर्टगेज कर्पोरेशन।

व्यक्तिगत स्टकहरुः वारेनसँग भएका व्यक्तिगत स्टकहरुमा सालमोन इन्क, गानेट कम्पनी, वाल्ट डिज्नी कम्पनी, पीएनसी बैंक कर्पोरेशन र द अमेरिकन एक्सप्रेस कम्पनी।

‘कुनै पनि स्टक त्यसको व्यवसायिक मूल्यभन्दा कम बजार मूल्यमा खरिद गर्नु नै सफल लगानीमा समावेश हुन्छ।’

बफेटका सिद्धान्तहरु

बफेटका सिद्धान्तहरु समय परीक्षित हुन्छन्। यसले निरन्तर आफुलाई सर्वश्रेष्ठ सावित गरिसकेको छ। धेरै मानिसहरु केबल शेयरमूल्य हेर्छन् र स्पेकुलेट गरेर समय खेर फाल्छन्। यसको विपरित, वारेन व्यवसाय बुझ्न तिर ध्यान दिन्छन्।

व्यवसाय बुझ्न वारेन धेरै कारकहरुलाई चेक गर्छन्। यसमा पैसा उत्पादन गर्ने क्षमता, आम्दानीका विवरण र पूँजी पुनर्लगानीको आवश्यकता समावेश हुन्छन्।

एक लगानीकर्ता र व्यवसायीले कम्पनीलाई समान रुपमा हेर्नुपर्ने उनी विश्वास गर्छन्। यो किनभने दुबैजना नाफामूलक कम्पनी देख्न चाहन्छन्। फरक यति मात्र हो कि, व्यवसायीले पूरै कम्पनी खरिद गर्न योजना बनाउँछ। तर, यसको विपरित लगानीकर्ताले त्यसको एक हिस्सा खरिद गर्न योजना बनाउँछ।

यदि त्यस्ता आर्थिक सूचकहरुमा निरन्तर सुधार हुन्छ भने, त्यसको स्टक मूल्यले ट्रेण्डलाई प्रतिबिम्बित गर्छ। शेयरमूल्यमा दैनिक के हुन्छ? त्यो कुनै ठूलो विषय भएन। सहजिकीकरणका लागि बफेट यसलाई ४ मुख्य बुँदामा स्पष्ट पार्छन्ः

१) शेयर बजारमा के भइरहेको छ, त्यसलाई बेवास्ता गर्नुस्। यसलाई ध्यान दिनु कुनै अर्थपूर्ण छैन।

२) अर्थतन्त्रमा के भइरहेको? त्यसमा पनि ध्यान नदिनुस्। आर्थिक चक्र आउँछन् र जान्छन्।

३) सँधै सम्झनुस्ः तपाई व्यवसाय खरिद गर्दै हुनुहुन्छ, स्टक होइन।

४) पोर्टफोलियो प्रबन्ध गर्दा उपलब्ध भएकामध्ये उत्तम व्यवसाय छनौट गर्नुहोस्। यसलाई व्यापक विविधिकरण गर्न आवश्यक छैन। यसका साथै, यसले सबै मूख्य सेक्टर कभर गर्नुपर्छ भन्ने अनिवार्य पनि छैन। आफुले बुझेको र राम्रो प्रदर्शन गर्ने व्यवसायलाई होल्ड गरिराख्नुस्।

को हुन वारेन बफेट?

वारेन एडवार्ड बफेट, एक अमेरिकी लगानीकर्ता, बिजनेस टाइकुन, परोपकारी र बर्कशयर हाथवेका सिईओ हुन्। उनीलाई संसारकै सबैभन्दा सफल लगानीकर्ताको रुपमा मानिन्छ र डिसेम्बर २०२० को अन्त्यसम्ममा उनको नेटवर्थ ८५.६ बिलियन डलरभन्दा बढी छ।

बफेटको जन्म सन् १९३० को अगष्ट ३० का दिन ओमहा, नेब्रास्कामा भएको थियो। उनले युवावस्थामा व्यापार र लगानीमा चासो देखाएका थिए र १९ वर्षको उमेरमा नेब्रास्का विश्वविद्यायलबाट स्थानान्तरित हुनु र स्नातक गर्नुभन्दा अघि सन् १९४७ मा पेन्सिल्वेनिया विश्वविद्यालय अन्तर्गतको व्हार्टन स्कूलमा प्रवेश गरेका थिए। त्यसपछि उनी कोलम्बियाको बिजनेस स्कुलबाट स्नातकको उपाधि प्राप्त गरे जहाँ उनले भ्यालु इन्भेष्टिङ्गका अग्रणी बेन्जामिन ग्राहमको वरिपरि आफ्नो लगानीको अवधारणा विकसित गरे।

उनले आफुलाई अर्थशास्त्रको पृष्ठभूमिमा ध्यान केन्द्रित गर्नका लागि न्यूयोर्क इन्स्टीच्युट अफ फाइनान्समा सहभागिता जनाए र चाँडै नै ग्राहमका साथ विभिन्न व्यापारिक साझेदारी शुरु गरे। उनले सन् १९५६ मा बफेट पार्टनरसीप लिमिटेड शुरु गरे र एक विविध होल्डिङ्ग कम्पनी बनाउनका लागि त्यस कम्पनीले अन्ततः बर्कशयर हाथवे नामक टेक्सटाइल कम्पनीलाई प्राप्त गरे।
बफेट, सन् १९७० देखि बर्कशयर हाथवेका अध्यक्ष तथा सबैभन्दा ठूला शेयरधनी रहेका छन्। उनलाई विश्वभरीका मिडियाहरुले ओमाहाका ‘ओराकल’ अथवा ‘सेज’ भनेर चिन्छन्। उनी आफ्नो सम्पत्तीभन्दा पनि भ्यालु इन्भेष्टिङ्गको पालना र व्यक्तिगत मितव्ययिताका लागि परिचित छन्।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।