सातामा ६१ अंक बढ्यो नेप्से, कुन उपसमूहको परिसूचक कति बढ्यो?

Apr 17, 2021 02:13 PM Merolagani

यस साता नेप्से परिसूचक नयाँ अलटाइम हाई रेकर्ड बनाएर बन्द भएको छ। नेप्सेले यस साता गत साताको अलटाइम हाई रेकर्ड तोड्दै नयाँ रेकर्ड कायम गरेको हो।

सातामा तीन दिनको लागि खुलेको बजारमा, तीनै दिन नेप्सेले नयाँ नयाँ रेकर्ड बनाएको हो। गत साताको मंगलबार २६७४.४७ विन्दुको अलटाइम हाई रेकर्ड बनाएको नेप्सेले यसै साताको पहिलो कारोबार दिन १७.२० अंक बढ्दै नयाँ अलटाइम हाइ रेकर्ड बनाएको थियो। त्यसको लगत्तै अर्को कारोबार दिन २३.२३ अंक बढेर अर्को नयाँ रेकर्ड बनाएको नेप्सेले अन्तिम कारोबार दिन २०.६७ अंक बढेर नयाँ अलटाइम हाई बनाएको हो।

२७३५.३९ विन्दुमा बन्द भएको नेप्से, यस साता समग्रमा २.२८ प्रतिशत अर्थात ६१.०४ अंक बढेको हो। यस साता सेन्सेटिभ इण्डेक्स १५.९३ अंक बढेको छ भने फ्लोट इण्डेक्स ५.२१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ६.४८ अंक बढेको छ।

तीन कारोबार दिनमात्र बजार खुलेकोले यस साताको कुल कारोबार रकम गत साताको तुलनामा घटेको छ। यद्यपि, दैनिक औषत कारोबार रकम भने गत साताको तुलनामा बढेको छ। यस साता २ लाख ५२ हजार ७९० पटकको कारोबारमा २३ अर्ब ३९ करोड रुपैयाँ बराबरको ४ करोड ७५ लाख कित्ता शेयर खरिदबिक्री भएको छ। यस अनुसार यस साता दैनिक औषतमा ७ अर्ब ७९ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। जबकी गत साता नेप्सेमा दैनिक औषतमा ७ अर्ब ५२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो।

यस साता नेप्सेसँगै कुल बजार पूँजीकरण पनि बढेको छ। गत साताको अन्तिम कारोबार दिन ३७ खर्ब २ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण यस साता ८४ अर्ब रुपैयाँ बढेर ३७ खर्ब ८७ अर्ब रुपैयाँ पुगेको छ।

यस साता १३ उपसमूहमध्ये विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक ८.१६ प्रतिशत बढेको छ। गत साताको अन्तिम कारोबार २७५५.५४ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता सर्वाधिक २२४.९७ अंक बढेर २९८०.५१ विन्दुमा बन्द भएको हो।

यस साता होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ३.१५ प्रतिशत अर्थात १२९.९३ अंक घटेर ३९९८.५३ विन्दुमा झरेको छ।

यस साताको फ्लोरसिट विश्लेषण गर्दा ज्योति लाइफ इन्स्योरेन्स, समृद्धि फाइनान्स, युनिलिभर नेपाल लगायतका कम्पनीहरु मोस्ट पपुलर बाइङ्ग स्टकको सूचीमा परेका छन्। त्यसैगरी, मोस्ट पपुलर सेल स्टकमा युनाइटेड इदि मार्दी आरबी हाइड्रोपावर, नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापक शेयर, युनाइटेड फाइनान्स लगायतका कम्पनीहरु परेका छन्।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।