प्रुडेन्सियल इन्स्योरेन्सको खुद बीमाशुल्कसँगै नाफा पनि घट्यो, अन्य सूचक कस्ताे?

Nov 16, 2021 03:20 PM Merolagani

प्रुडेन्सियल इन्स्योरेन्स (PICL) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद बीमाशुल्क र नाफा दुबै घटेको वित्तीय विवरण प्रकाशित गरेको छ।

कम्पनीले चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा ३ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा १०.३२ प्रतिशतले कम हो।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले ४ करोड ७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

यस्तै कम्पनीको खुद बीमाशुल्क पनि १३.४७ प्रतिशतले घटेर १२ करोड ३४ लाख रुपैयाँमा सीमित भएको छ। गत आर्थिक वर्षको यस अवधिमा कम्पनीले १४ करोड २६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरको थियो।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले पुनर्बीमा कमिशनबाट ३ करोड ९३ लाख रुपैयाँ र लगानी कर्जा तथा अन्य आयबाट ७६ लाख रुपैयाँ आम्दानी गरेको छ।

चुक्ता पूँजी एक अर्ब १० करोड ८५ लाख रुपैयाँ रहेको इन्स्योरेन्सको जगेडा कोषमा २८ करोड ६६ लाख रुपैयाँ, बीमा कोषमा ५५ करोड ५१ लाख रुपैयाँ र महाविपत्ती जगेडा कोषमा १ करोड ८२ लाख रुपैयाँ सञ्चित छ।

यस अवधिमा कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १३ रुपैयाँ १७ पैसा, प्रतिशेयर नेटवर्थ १७७ रुपैयाँ ५९ पैसा र मूल्य आम्दानी अनुपात ५२.७६ गुणा छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।