नेपाल इन्स्योरेन्सको खुद नाफा उल्लेख्य बढ्यो, प्रतिशेयर आम्दानी कति?

Nov 11, 2023 05:17 AM Merolagani

नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड (NICL) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार इन्स्योरेन्सको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा इन्स्योरेन्सले १४ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३५.६२ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सको यस्तो नाफा ६ करोड २० लाख रुपैयाँ मात्र थियो।

आम्दानी बढेसँगै इन्स्योरेन्सको खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा इन्स्योरेन्सको कुल आर्जित बीमाशुल्क १५.८७ प्रतिशत बढेको छ भने कमिशन आम्दानी १४.६६ प्रतिशत र लगानी तथा ऋणबाट आम्दानी १५४.८९ प्रतिशत बढेको छ। कम्पनीको कुल आम्दानी समीक्षा अवधिमा ६३.१६ प्रतिशत बढेको छ।

असोज मसान्तसम्ममा इन्स्योरेन्सको कुल भुक्तानी भएको दाबी १४.८१ प्रतिशत बढेको छ। त्यसैगरी, इन्स्योरेन्सको कुल खर्च १५.९२ प्रतिशत मात्र बढेको छ।

नाफासँगै इन्स्योरेन्सको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको यस्तो आम्दानी २१ रुपैयाँ १२ पैसा बढेर ३९ रुपैयाँ ३८ पैसा पुगेको छ। असोज मसान्तसम्ममा इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात १८.३८ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २०२ रुपैयाँ ६१ पैसा रहेको छ।

१ अर्ब ४९ करोड ४७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको महाविपत्ती जगेडा ७ करोड रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निङ्ग २३ करोड ६२ लाख रुपैयाँ र अन्य इक्विटी १ अर्ब २२ करोड रुपैयाँ रहेको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।