यूनियन, गुराँस र प्राइम लाइफले बैशाख २६ गतेदेखि एकिकृत कारोबार गर्ने

May 07, 2023 11:18 AM Merolagani

यूनियन लाइफ इन्स्योरेन्स,प्राइम लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्सले बैशाख २६ गतेदेखि एकिकृत कारोबार शुरु गर्ने भएका छन्।

यी तीन वटै कम्पनी एक आपसमा मर्ज भएपश्चात हिमालयन लाइफ इन्स्योरेन्सको नामबाट एकिकृत कारोबार शुरु गर्न लागेका हुन्। एकिकृत कारोबारका लागि यी तीन कम्पनीलाई नेपाल बीमा प्राधिकरणले बैशाख १३ गते, नेपाल धितोपत्र बोर्डबाट बैशाख १९ गते र कम्पनी रजिष्ट्रारको कार्यालयले बैशाख २० गते अन्तिम स्वीकृत प्रदान गरेको छ।

डाटा माइग्रेशन प्रयोजनार्थ बैशाख २३, २४ र २५ गते तीन दिनका लागि यी तीनवटै इन्स्योरेन्सको सफ्टवेयर सिस्टम बन्द हुने तथा कम्पनीका सम्पूर्ण कार्यालयहरुबाट प्रदान गर्दै आइरहेका सेवाहरु बन्द रहनेछ।

यसका साथै मर्जर पश्चात शेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकिकरण तथा सूचीकरण प्रयोजनार्थ बैशाख २६ गतेदेखि यी कम्पनीहरुको शेयर कारोबार रोक्का गरिने भएको छ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।