असार २९ गतेदेखि एकीकृत कारोबार सुरु गर्दै लक्ष्मी र सनराइज बैंक

Jul 11, 2023 01:02 PM Merolagani

लक्ष्मी बैंक (LBL) र सनराइज बैंक लिमिटेडले असार २९ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएका छन्। यी दुई बैंकहरुले लक्ष्मी सनराइज बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार शुरु गर्न लागेका हुन्।

दुबै बैंकहरुको साधारण सभाबाट पारित विशेष प्रस्ताव तथा नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय तथा नेपाल धितोपत्र बोर्डबाट प्राप्त स्वीकृतीपश्चात एकीकृत कारोबार सुरु गर्न लागेका हुन्।

डाटा माइग्रेसन प्रयोजनार्थ असार २७ र २८ गते दुई दिनका लागि यी दुबै बैंकहरुको सम्पूर्ण शाखा कार्यालयहरु बन्द रहनुका साथै सम्पूर्ण वित्तीय सेवाहरु अवरुद्ध हुने जनाइएको छ।

लक्ष्मी बैंक र सनराइज बैंक (SRBL) दुबै १ बराबर १ अनुपातमा मर्ज भएका हुन्।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।