सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको नाफामा उल्लेख्य वृद्धि

Feb 11, 2024 10:47 AM Merolagani

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स (SRLI) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको वित्तीय विवरण अनुसार इन्स्योरेन्सको खुद नाफा बढेको छ ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा इन्स्योरेन्सले २१ करोड ९७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा ९६.४८ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको यसैअवधिमा इन्स्योरेन्सले ११ करोड १८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

खुद बीमा शुल्क आर्जन र लगानी तथा कर्जा आम्दानी बढेपछि इन्स्योरेन्सको खुद नाफामा बढोत्तरी भएको हो । यस अवधिमा इन्स्योरेन्सको खुद बीमा शुल्क आर्जन १३७.०५ प्रतिशतले बढेर २ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ । साथै लगानी तथा कर्जाबाट हुने आम्दानी १६६.४१ प्रतिशतले बढेर ७४ करोड ४५ लाख ५६ हजार रुपैयाँ छ ।

इन्स्याेरेन्सकाे चुक्ता पुँजी ४ अर्ब १८ करोड ४० लाख रुपैयाँ छ । पुस मसान्तसम्म आइपुग्दा इन्स्योरेन्सको प्रतिशेयर आम्दानी १० रुपैयाँ ५० पैसा र प्रतिशेयर नेटवर्थ १२५ रुपैयाँ ४४ पैसा छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।