शिवमको 'शिवम् प्लस' ओपिसी सिमेन्ट बजारमा

Sep 10, 2018 Merolagani



मजबुत तथा दिगो निर्माणको लक्ष्य बोकी वर्षौंदेखि ग्राहकहरूलाई गुणस्तरीय सिमेन्ट पस्कँदै आएको शिवम् सिमेन्टले ओपीसी सिमेन्ट प्लसलाई नेपाली बजारमा बिक्री वितरण सुरु गरेको छ ।

गुणस्तर प्रतिको आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिने क्रममा नेपालकैं नं. १ ओपीसी सिमेन्ट बन्न सफल शिवम् सिमेन्टले ‘शिवम् प्लस’ ओपीसी सिमेन्टलाई नेपाली बजारमा ल्याएको हो । कम्पनीले सिमेन्ट मार्फत उपभोक्ताहरूलाई थप उत्कृष्ट गुणस्तर प्रदान गर्ने उद्देश्य लिएको छ । 

नेपाल गुणस्तर चिन्हका साथै आइएसओ ९००१,आईएसओ १४००१ लगायत विभिन्न गुणस्तर प्रमाणित यस ‘शिवम् प्लस’ सिमेन्टमा थप अटुट कम्प्रिहेन्सिभ स्ट्रेन्थ रहेको कम्पनीको दाबी छ । जसले निर्माणलाई थप मजबुत र सवल बनाउने छ ।

यस ‘शिवम प्लस’ ओपीसी सिमेन्टमा भौतिक तथा रसायनिक गुणहरूमा बजारमा उपलब्ध सिमेन्टहरूमध्ये उत्कृष्ट छ । ‘उत्कृष्टताको आकांक्षा, प्रगतिशील जीवनको पहिचान’ नारा आत्मसाथ गरेको यो सिमेन्ट हाललाई सीमित वितरकहरूमा मात्र उपलब्ध हुने कम्पनीले जनाएको छ ।

मकवानपुर गढी क्षेत्रमा अवस्थित आफ्नै चुनढुंगा खानीबाट ल्याइएको उच्च कोटीको चुन ढुङ्गा प्रयोग गरी उत्पादन गरिने सर्वोउत्कृष्ट ‘शिवम् प्लस’ ओपीसी सिमेन्टको गुणस्तरलाई लामो समयसम्म कायम गर्नका लागि विशेष प्रकारको लेमिनेटेड बोरामा प्याकेजिङ्ग गरिएको छ ।




हिमालयन डिष्टिलरीको नाफा बढ्यो, प्रतिशेयर आम्दानी कति?

Aug 14, 2026 07:17 AM

हिमालयन डिष्टिलरी लिमिटेड (HDL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।