नेशनल माइक्रोले डाक्यो साधारण सभा, ७५% बोनसपछि हकप्रद जारी गर्ने

Nov 24, 2019 10:37 AM Merolagani

नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड (NMFBS) ले ८० प्रतिशत लाभांश प्रस्ताव पारित गर्न मंसिर २९ गते आइतबार छैठौँ वार्षिक साधारण सभा डाकेको छ। सो सभा क्रिक रिसोर्ट, धादिङ्गबेशी, धादिङ्गमा बिहान ११ बजे सुरु हुनेछ।

 छैठौँ सभाले सञ्चालक समितिले निर्णय गरेको ७५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ सहित ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

यसका साथै, सो सभाले बोनस शेयर वितरणपश्चात कायम हुने चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर जारी गर्ने, अन्य वित्तीय संस्थासंग मर्जर अथवा एक्वायर गर्न सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई अधिकार प्रत्यायोजन गर्ने, नाम परिवर्तन गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि लघुवित्तले मंसिर १६ गतेदेखि २९ गतेसम्म बुक क्लोज गर्नेछ। मंसिर १५ गतेसम्म कारोबार भई लघुवित्तको शेयर रजिष्ट्रारमा प्राप्त शेयर नामसारीको लिखतका आधारमा शेयरधनी दर्ता किताबमा कायम शेयरधनीहरुले सभामा भाग लिन पाउनेछन्।

लघुवित्तको शेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ।

 

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।