मलेशीयाको मर्चेन्ट्रेड मनि ट्रान्सफरबाट आई पे रेमिट मार्फत पैसा नेपाल पठाउँदा नि:शुल्क जीवन विमा हुने

Apr 16, 2021 12:31 PM Merolagani



आई पे रेमिटले 'ट्रान्सफर मनी एण्ड गेट प्रोटेक्ट एडिंग भ्यालू टु योर फ्यामिली लाईफ' भन्ने मुल उद्देश्यका साथ २०२१ अप्रिल ९ बाट लागु हुने गरि मलेशिया स्थित मर्चेन्ट्रेड मनि ट्रान्सफर बाट आई पे रेमिट मार्फत पैसा पठाउँदा निशुल्क जिवन विमा योजना लागु गरेको छ । यस योजनामा सम्पूर्ण मलेशीयामा रहेका नेपालीहरुलाई समेटिने छ ।

आई पे रेमिट मार्फत पैसा पठाउँदा निशुल्क १ महिना जिवन विमा, जुनसुकै मृत्युमा मलेशियन रिङ्गेट ४००० र डेंगू लागि मृत्यु भएमा मलेशियन रिङ्गेट ८००० सम्मको भुक्तानी नेपालमा रहेको आफन्त ले प्राप्त गर्न सकिन्छ । अप्रिल ९ बाट सुरु भएको यो योजना ६ महिना सम्म लागु रहने छ । यस योजनामा सहभागी हुन मलेशिया स्थित मर्चेन्ट्रेड मनि ट्रान्सफरको सेवा केन्द्र, ऐजेन्ट एम एम कार्ड तथा ई रेमिटबाट आई पे रेमिट मार्फत नेपाल पैसा पठाउनु पर्नेछ । ग्राहकहरुले पैसा पठाइ सकेपछि प्राप्त भएको रसिद आफुसंग सुरक्षित राख्नुपर्नेछ ।

आई पे रेमिटले विश्वका विभिन्न मुलुकबाट रेमीट्यान्स कारोबार नेपालमा भित्राएको छ । नेपाल भरि छरिएर रहेका १००० भन्दा बढी भुक्तानी केन्द्रबाट सेवा दिदै आईरहेको आई पे रेमिटले ग्राहकको सुविधाको लागी नेपालमा रहेका जुनसुकै बैंक तथा वित्तिय संस्थामा रियल टाइम अकाउण्ट डिपाेजीटको सुविधा प्रदान गर्दै आईरहेको छ ।

 




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।