सत्ता गठबन्धन भत्किएसँगै सबै मन्त्रीलाई हटाउने तयारी, पहिलो चरणमा चार जना मन्त्री बन्ने

Mar 04, 2024 10:24 AM Merolagani



नेपाली काँग्रेस सहितको सत्ता गठबन्धन भत्किएपछि हाल सरकारमा रहेका सबै मन्त्रीलाई हटाउने तयारी भएको छ  । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले र रास्वपा सहितको नयाँ सरकार बनाउने भएपछि अहिले भएका मन्त्री सबैलाई हटाउने र नयाँ सानो मन्त्रिमण्डल गठन गर्ने भएका हुन् ।

एमाले नेता सुरेन्द्र पाण्डेले समाजिक सञ्जालमा लेखेका छन्, ‘आजै सरकार परिवर्तन र नयाँ मन्त्रिपरिषद् बन्दैछ। भने सानो आकारको मन्त्रिमण्डलले आज सपथ लिनेछ’।

नयाँ मन्त्रिपरिषदमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी (जसपा) बाट एक/एक जना मन्त्री बन्ने तय भएको छ ।




यी हुन लाभांशसँगै हकप्रद जारी गर्ने हाइड्रोपावर कम्पनीहरु

Jan 12, 2026 05:16 PM

बाबुकृष्ण महर्जन

पछिल्लो समय हाइड्रोपावर कम्पनीले ऋण तिर्ने र अन्य हाइड्रोपावर आयोजनामा लगानी गर्ने उद्देश्यले धमाधम हकप्रद शेयर निष्काशन गरिरहेका छन् । कतिपय हाइड्रोपावर कम्पनीले पहिला निष्काशन गरेको हकप्रद शेयर सूचीकृत नहुँदै थप हकप्रद शेयर समेत घोषणा गर्न थालेका छन् भने कतिपयले वर्षेनी जस्तो हकप्रद शेयर निष्काशनको घोषणा गरिरहेका छन् ।