सत्ता गठबन्धन भत्किएसँगै सबै मन्त्रीलाई हटाउने तयारी, पहिलो चरणमा चार जना मन्त्री बन्ने

Mar 04, 2024 10:24 AM Merolagani



नेपाली काँग्रेस सहितको सत्ता गठबन्धन भत्किएपछि हाल सरकारमा रहेका सबै मन्त्रीलाई हटाउने तयारी भएको छ  । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले र रास्वपा सहितको नयाँ सरकार बनाउने भएपछि अहिले भएका मन्त्री सबैलाई हटाउने र नयाँ सानो मन्त्रिमण्डल गठन गर्ने भएका हुन् ।

एमाले नेता सुरेन्द्र पाण्डेले समाजिक सञ्जालमा लेखेका छन्, ‘आजै सरकार परिवर्तन र नयाँ मन्त्रिपरिषद् बन्दैछ। भने सानो आकारको मन्त्रिमण्डलले आज सपथ लिनेछ’।

नयाँ मन्त्रिपरिषदमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी (जसपा) बाट एक/एक जना मन्त्री बन्ने तय भएको छ ।




अब १० रुपैयाँ मूल्यमा पनि आइपीओ

Jun 23, 2026 04:14 PM

बाबुकृष्ण महर्जन

सरकारले पब्लिक कम्पनीहरूको शेयरको अंकित मूल्य अनिवार्य रूपमा १०० रुपैयाँ नै हुनुपर्ने दशकौँ पुरानो व्यवस्थालाई परिमार्जन गर्ने तयारी गरेको छ।