Tue, Nov 04, 2025
फागुन २५ गते, शुक्रबार, सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा बिहान १० बजे सो आईपीओ बाँडफाँट भएको हो।
कम्पनीले गत फागुन १३ गतेदेखि १६ गतेसम्म प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसामा कुल २७ लाख ७६ हजार ७६ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो। सो शेयरमा कुल ९ लाख ६० हजार ३०१ जनाले ५ करोड ६ लाख १३ हजार ३६० कित्ता शेयरका लागि आवेदन परेको क्यापिटलले जानकारी दिएको छ। जसमध्ये ९ लाख ५८ हजार ९५९ आवेदन स्वीकृत भएको छ भने १ हजार ३४२ आवेदन रद्द भएको छ। मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन नियमावली अनुसार गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको हो। जस अनुसार ५५ हजार ५२१ जना आवेदकले ५० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन्। यसरी बाँडफाँट गर्दा शेष रहेको २६ कित्ता पनि ५० कित्ताभन्दा बढी आवेदन दिएका लगानीकर्ताहरुमाझ बाँडफाँट गरिएको छ। जस अनुसार २६ जना लगानीकर्ताले थप एक कित्ता अर्थात कुल ५१ कित्ता शेयर प्राप्त गरेका छन्।
कम्पनीले गत फागुन १३ गतेदेखि १६ गतेसम्म प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसामा कुल २७ लाख ७६ हजार ७६ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो। सो शेयरमा कुल ९ लाख ६० हजार ३०१ जनाले ५ करोड ६ लाख १३ हजार ३६० कित्ता शेयरका लागि आवेदन परेको क्यापिटलले जानकारी दिएको छ। जसमध्ये ९ लाख ५८ हजार ९५९ आवेदन स्वीकृत भएको छ भने १ हजार ३४२ आवेदन रद्द भएको छ।
मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन नियमावली अनुसार गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको हो। जस अनुसार ५५ हजार ५२१ जना आवेदकले ५० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन्। यसरी बाँडफाँट गर्दा शेष रहेको २६ कित्ता पनि ५० कित्ताभन्दा बढी आवेदन दिएका लगानीकर्ताहरुमाझ बाँडफाँट गरिएको छ। जस अनुसार २६ जना लगानीकर्ताले थप एक कित्ता अर्थात कुल ५१ कित्ता शेयर प्राप्त गरेका छन्।
विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।