सर्वोत्तम सिमेन्टको शेयर दोस्रो बजारमा सूचीकृत

Mar 18, 2024 05:21 PM Merolagani



बुकबिल्डिङ मार्फत सर्वसाधारणलाई शेयर जारी गरेको सर्वोत्तम सिमेन्ट नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । सोमबार सर्वोत्तम सिमेन्टको ४ करोड ६५ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीले सर्वसाधारण लगानीकर्ता शेयरधनीहरु (बैदेशिक रोजगारीमा रहेका नेपाली, उद्योग प्रभावित स्थानीय बासिन्दाहरु, सामुहिक लगानी कोष र कर्मचारीहरुसमेत) लाई वितरण गरेको ६० लाख कित्ता शेयर र संस्थापक शेयरधनीहरुले लगानी गरेका ४ करोड ५ लाख कित्ता शेयर गरी सो बराबरको शेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीको शेयरलाई नेप्सले पहिलो कारोबारको लागि न्युनतम १८५ रुपैयाँ ३६ पैसादेखि ५५६ रुपैयाँ ०८ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । सोही आधारमा रहेर मंगलबारदेखि कम्पनीको शेयर कारोबारमा आउनेछ । कम्पनीको शेयरलाई नेप्सेले एसएआरबिटिएम कारोबार संकेत प्रदान गरेको छ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।