एशियन लाइफको शेयर बजारमा २ अर्ब १० करोड लगानी, प्रभु बैंकको संस्थापक शेयरमा सबैभन्दा बढी लगानी, अन्यमा कति ?

Mar 19, 2024 06:22 AM Merolagani

एशियन लाइफ इन्स्योरेन्स (ALICL) ले आर्थिक वर्ष २०७९/८० मा २ अर्ब १० करोड रुपैयाँ रकम विभिन्न कम्पनीको शेयरमा लगानी गरेको छ। कम्पनीको आव २०७९/८० को १६ औं वार्षिक प्रतिवेदन अनुसार वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, हाइड्रोपावर, माइक्रोफाइनान्स, इन्स्योरेन्स र अन्य गरेर २ अर्ब १० करोड रुपैयाँ लगानी गरेको छ।

आर्थिक वर्षको अन्तिम दिनको फेयर भ्यालु अनुसार एशियन लाइफमा ५ करोड ४१ लाख ९० हजार ५ सय २७ रुपैयाँ नाफामा देखिन्छ जुन लागत मूल्यमा ३ प्रतिशत मात्रै हो ।

कम्पनीले अघिल्लो वर्ष भने शेयर बजारको लगानीबाट राम्रो मुनाफा गरेकाे छ । वार्षिक प्रतिवेदन अनुसार आव २०७८/७९ मा १ अर्ब ५८ करोड ७५ लाख ८७ हजार ५ सय ७० रुपैयाँ लगानी गरेकोमा वर्षको अन्तिममा लगानीको फेस भ्यालु २ अर्ब ५८ करोड ८६ लाख ६८ हजार ८ सय १६ रुपैयाँ पुगेको छ । एशियन लाइफको गत आर्थिक वर्षको लगानी फेयर भ्यालुमा ६३ प्रतिशतले वृद्धि भएको छ ।

कम्पनीले सबैभन्दा धेरै बैंक तथा वित्तीय संस्थाको शेयरमा लगानी गरेकाे छ । विभिन्न वाणिज्य बैंक, विकास बैंक र फाइनान्सको गरी करिब २४ वटा कम्पनीको संस्थापक र साधारण शेयरमा गरी एसियन लाइफले १ अर्ब ५५ करोड रुपैयाँ भन्दा बढी लगानी गरेकाे छ । बैंक तथा वित्तीय संस्थामा पनि तुलनात्मक रुपमा सुरक्षित मानिएको वाणिज्य बैंकको शेयरमा सबैभन्दा बढी लगानी छ । कम्पनीले प्रभु बैंकको संस्थापकले बेचेको ७५ लाख कित्ता संस्थापक शेयर किनेकाे छ । वार्षिक प्रतिवेदन अनुसार प्रभु बैंकको ७५ लाख ६ हजार ३ सय २२ कित्ता संस्थापक शेयर १ सय ११ रुपैयाँ ५९ पैसामा खरिद गरेकाे छ । प्रभु बैंकको साधारण शेयर समेत १८० रुपैयाँ ५३ रुपैयाँ प्रति कित्तामा ५ लाख ३९ हजार १ सय २२ कित्ता खरिद गरेकाे हाे । प्रभ बैंक पछि दोस्रो धेरै कित्ता शेयर नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ३७ लाख ८० हजार कित्ता शेयर प्रति कित्ता ९१ रुपैयाँ ३३ पैसामा खरिद गरेको वार्षिक प्रतिवेदनमा उल्लेख छ । ग्लोबल आईएमई बैंकको १ लाख ९५ हजार १ सय ६६ कित्ता शेयर प्रति कित्ता २ सय २५ रुपैयाँमा र सिद्धार्थ बैंकको १ लाख १२ हजार ८६ कित्ता शेयर प्रति कित्ता २९५ रुपैयाँ ४६ पैसामा खरिद गरेको छ ।

एसिएन लाइफले विभ्न्न १९ वटा लघुवित्त कम्पनीहरुमा २० करोड ३५ लाख रुपैयाँ बराबरको लगानी गरेको छ जसको फेयर भ्यालु वर्षको अन्तमा २५ करोड १ लाख ७५ हजार रुपैयाँ पुगेको छ । निर्धन उत्थान, ग्रामीण विकास बैंक र फर्वार्ड माइक्रोफाइनान्समा सबैभन्दा बढी लगानी गरेका छन् । फर्वार्ड माइक्रोफाइनान्सको संस्थापक शेयरमा ८४ हजार ३ सय ७५ कित्ता, निर्धन उत्थान लघुवित्तमा ३१ हजार ४ सय ६२ कित्ता, ग्रामीण विकास बैंकमा ६६ हजार कित्ता र गणपति माइक्रोफाइनान्समा १५ हजार ६ सय ९७ कित्ता शेयर होल्डमा रहेको छ ।

एशियन लाइफले हाइड्रोपावर क्षेत्रका थोरै कम्पनीमा मात्रै लगानी गरेका छन् । अपि पावर, सिनर्जी पावर, चिलिमे हाइड्रोपावर र ङादी हाइड्रोपावर गरी चार वटा हाइड्रोपावरमा मात्रै एसियन लाइफको लगानी देखिन्छ । त्यसमध्ये सबैभन्दा धेरै ४१ हजार २ सय २२ कित्ता ङादी हाइड्रोपावर कम्पनीको शेयर होल्ड गरेको प्रतिवेदनमा देखिन्छ । कम्पनीले हाइड्रोपावर क्षेत्रमा ७७ लाख रुपैयाँ लगानी गरेकोमा गत आवको अन्त्यसम्मको फेयर अनुसार लगानीको भ्यालुएसन १ करोड ७५ हजार पुगेको छ ।

एशियन लाइफले बीमा क्षेत्रका कम्पनीको शेयरमा साढे ९ करोड रुपैयाँ बराबरको लगानी रहेको छ । कम्पनीले आईएमई जनरल इन्स्योरेन्सको २३ हजार ३ सय ४७ कित्ता, नेको इन्स्योरेन्सको ५ हजार २४ कित्ता, सिद्धार्थ प्रिमियम इन्स्योरेन्सको ४ हजार ९ सय ७४५ कित्ता शेयर रहेको छ । सबैभन्दा बढी नेपाल इन्स्योरेन्सको ८ लाख ७९ हजार ४ सय ५६ कित्ता संस्थापक शेयरमा लगानी छ । त्यसैगरी नेपाल रिइन्स्योरेन्सको शेयरमा समेत एसियन लाइफको लगानी रहेको छ ।

त्यसैगरी अन्य क्षेत्रका कम्पनीहरुमा नागरिक लगानी कोषको ३ लाख १८ हजार कित्ता, नेपाल टेलिकमको १४ सय ४१ कित्ता, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनीको ३५ हजार कित्ता शेयर एवम कम्पनीकै १ लाख ५ हजार संस्थापक शेयर र हिमालयन डिष्टीलरीको २ हजार ४ सय १९ कित्ता शेयर रहेको छ ।

 
comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।