प्रि ओपन सेसन अपडेटः १ अंक बढ्यो नेप्से

Mar 19, 2024 10:51 AM Merolagani

मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक १ अंक बढेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात सोमबार ३.२७ अंक बढेर २०७३.५३ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १ अंक बढेर २०७४.५३ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०५ अंक बढेको छ।

मंगलबार प्रि ओपन सेसनमा ३३ स्टकको २५ लाख ५१ हजार ५५४ रुपैयाँ ५० पैसाबराबरको ४ हजार ८२३ कित्ता शेयर कारोबार भएको छ। जसमध्ये २० स्टकको मूल्य बढेको छ भने ८ स्टकको मूल्य घटेको छ। बाँकी ५ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।