१२ लाख ४९ हजार थान स्मार्टफोन आयात, फागुनमा मात्रै भित्रिए दुई अर्बका मोबाइल

Mar 20, 2024 06:00 AM Merolagani

चालु आर्थिक वर्षको आठ महिनासम्ममा १२ लाख थान स्मार्टफाेन आयात भएका छन् । साउनदेखि फागुनसम्ममा १९ अर्ब ३७ करोड ७७ लाख रूपैयाँभन्दा बढीका १२ लाख ४९ हजार ४८१ थान​ स्मार्टफोन आयात भएका हुन ।

गत आवको पहिलो आठ महिनासम्म १६ अर्ब ६० करोड रूपैयाँ बराबरका १० लाख ९४ हजार ८८९ थान स्मार्टफोन भित्रिएका थिए ।

त्यस्तै फागुन महिनामा मात्रै नेपालमा करिब दुई अर्ब रूपैयाँ बराबरका एक लाख २२ हजार ७३४ थान फोन नेपाल आयात भएका छन् ।

विभागको तथ्याङ्क अनुसार नेपालमा सबैभन्दा बढी चीनबाट मोबाइल आयात भएका छन् । चीनबाट मात्रै फागुन मसान्तसम्म १३ अर्ब २९ करोड रूपैयाँ बराबरका नौ लाख १८ हजार २४ थान​ स्मार्टफोन भित्रिएका छन् ।

त्यस्तै दोस्रोमा भारतबाट पाँच अर्ब ७४ करोड ८० लाख रूपैयाँका तीन लाख २७ हजार मोबाइल आयात भएका छन् ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।