साउनदेखि सवारीसाधनमा यूरो सिक्स प्रदुषण मापदण्ड लागु गर्ने तयारी, मन्त्रीपरिषदमा प्रस्ताव लगिदै

Mar 20, 2024 02:09 PM Merolagani

अगामी नयाँ आर्थिक बर्ष २०८१/८२देखि नेपालमा सवारी प्रदुषण मापदण्ड यूरो सिक्स लागू हुने पक्का भएको छ । अर्थमन्त्रालयमा रोकिएको फाइल लामो समयपछि स्वीकृति भएपछि यूरो सिक्स सवारी प्रदुषण मापदण्ड सम्बन्धी प्रस्ताव मन्त्रीपरिषदमा लैजाने तयारी भएको हो ।

अर्थमन्त्रालयबाट स्वीकृत भएपछि युरो सिक्स मापदण्डको फाइल अध्ययनका लागि भौतिक पूर्वाधार मन्त्रालयमा पुगेको थियो । यातायात मन्त्रालयले पनि हालै प्रक्रिया अघि बढाउन स्वीकृति दिएपछि वन तथा वातावरण मन्त्रालयले अगामी हप्ता मन्त्रीपरिषदमा पठाउने तयारी गरेको छ ।

हाल नेपाल भित्रिने प्यासेन्जर सेग्मेन्टका गाडी यूरो सिक्स मापदण्ड मै आधारीत भएर आउने भएपनि ठूला कमर्शियल गाडी भने युरो ३ मापदण्डमै नेपाल आउने गरेका छन ।

नयाँ सत्ता समिकरण परिवर्तन भएपछि वन तथा वातावरण मन्त्रालयमा नवल किशोर साह मन्त्री भएका छन । वन तथा वातावरण मन्त्रालयका सीडीई शिवजी शर्माका अनुसार नयाँ मन्त्रीलाई यूरो सिक्सको बिषयमा रिपोर्टिङ भएको छ ।

‘अर्थमन्त्रालय र भौतिक पूर्वाधार मन्त्रालयको सहमति भएपछि केहि दिनमै मन्त्रीपरिषदमा पठाउन मन्त्रीज्यु सकारात्मक हुनुहुन्छ,’ उनले भने ‘गाडी बिक्रेता व्यवसायीहरुलाई युरो सिक्स मापदण्ड कार्यान्वयन गराउन ६ महिनाको समय दिने प्रारम्भिक छलफल भएको छ,’ शर्माले भने ।

व्यवसायीहरु पनि समय नदिई नयाँ सवारी प्रदुषण मापदण्ड लागू गर्न नसकिने भन्दै प्रधानमन्त्री तथा मन्त्री तहसम्म लबिङ्मा छन । सवारी बिक्रेताका संगठन नाडा अटोमोबाइल एसोसियसन नेपालको पदाधिकारीले केहि दिन अघि यातायात मन्त्री रघुविर महासेठ तथा अर्थमन्त्रीलाई यस बारेमा रिपोर्टिङ गरेको थियो ।

नाडाका अध्यक्षले पनि नेपालका लागि अर्डर भइसकेको गाडीका लागि भने सरकारले थप समय दिनुपर्ने माग राख्दै आएका छन ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।