घटेको बजारमा तीन स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार

Mar 20, 2024 03:13 PM Merolagani

बुधबार नेप्से परिसूचक सामान्य अंक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन पनि सामान्य अंक घटेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

यस दिन नेप्से घटेपनि तीन स्टकको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन गोर्खाज फाइनान्स, बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी र सर्वोत्तम सिमेन्ट सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यसैगरी, यस दिन गुराँस लघुवित्त वित्तीय संस्था र धौलागिरी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको बोटलर्स नेपाल (बालाजु) को शेयरमूल्य यस दिन सर्वाधिक ९.३२ प्रतिशत घटेको छ।

यस दिन नेप्से परिसूचक ३.३४ अंक घटेर २०६३.९५ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ०.३६ अंक र फ्लोट इण्डेक्स ०.२० अंक घटेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०८ अंक बढेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि सामान्य घटेको छ। अघिल्लो कारोबार दिन ३ अर्ब ६३ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०५ स्टकको ६० हजार १६ पटकको कारोबारमा ३ अर्ब ४९ करोड ६२ लाख रुपैयाँ बराबरको ९४ लाख ४५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

कारोबार रकमका आधारमा यस दिन सोनापुर मिनरल्स एण्ड आयल शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १९ करोड ५२ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन शिवम् सिमेन्ट्सको साढे १७ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने गोर्खाज फाइनान्सको करिब १२ करोडको शेयर किनबेच भएको छ।

१३ उपसमूहमध्ये यस दिन ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ। यस दिन लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक २.५१ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन म्युचुअल फण्ड र व्यापार उपसमूहको परिसूचक सामान्य बढेको छ। कारोबारमा आएको उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक यस दिन सर्वाधिक१.४५ प्रतिशत घटेको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।