सगरमाथा लुम्बिनी इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Mar 25, 2024 06:53 AM Merolagani



चैत १२ गते, सोमबार, सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (SALICO) को लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। इन्स्योरेन्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात चैत १३ गते बुकक्लोज गर्दैछ।

यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

इन्स्योरेन्सले चैत २७ गते, मंगलबार, अमृतभोग क्याटरिङ्ग, कालिकास्थान, डिल्लीबजार, काठमाडौँमा २७ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान १० बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, सभाले सञ्चालक समितिमा संस्थापक शेयरधनीहरुको समूहबाट प्रतिनिधित्व हुने ४ जना सञ्चालकमध्ये वैदेशिक लगानीकर्ता सेलिन्को इन्स्योरेन्स पिएलसीबाट स्वतः मनोनित हुने १ जना सञ्चालकको जानकारी गराई बाँकी ३ जना सञ्चालक तथा सर्वसाधारण शेयरधनीहरुको तर्फबाट २ जना सञ्चालक निर्वाचन गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुत्तः गर्ने, स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।