मेरोलगानीले एक दिने फण्डामेण्टल एनालाइसिस तालिम आयोजना गर्ने

Mar 25, 2024 11:25 AM Merolagani



पछिल्लो समय पाक्षिक रुपमा एक दिने प्राविधिक विश्लेषण तालिम सञ्चालन गर्दै आइरहेको मेरोलगानीले अब एक दिने फण्डामेण्टल एनालाइसिस अर्थात आधारभूत विश्लेषण तालिम पनि आयोजना गर्ने भएको छ ।

मेरोलगानीका प्रयोगकर्ताहरुले गरेको फण्डामेण्टल एनालाइसिस तालिमको माग अनुसार सो तालिम आयोजना गर्न लागिएको हो। शेयर बजारमा लगानी गर्नका लागि प्राविधिक विश्लेषण मात्र होइन, आधारभूत विश्लेषणको पनि त्यत्तिकै महत्व हुन्छ भन्ने आधारलाई स्पष्ट पार्न मेरोलगानीले यही चैत १७ गते, शनिबारका दिन सो एक दिने आधारभूत विश्लेषण तालिम आयोजना गर्न लागेको हो। सो तालिम मेरोलगानीको कार्यालय, त्रिपुरेश्वर, काठमाडौँमा बिहान १० बजेदेखि दिउँसो साढे २ बजेसम्म सञ्चालन हुनेछ।

सो तालिममा सहभागिता जनाउन तपाईले निम्न लिखित लिङ्कमा क्लिक गरी रजिष्टर गर्नुपर्ने हुन्छ। रजिष्टर शुल्क प्रतिव्यक्ति ३ हजार ५०० रुपैयाँ निर्धारण गरिएको छ। सो शुल्कमा तपाईले ‘हाई टि’ का साथै एक महिना अवधिका लागि न्यूजलेटर र बेसिक अनलाईन स्टक ट्रेनिङ्ग सेवा प्राप्त गर्न सक्नुहुनेछ।

लिङ्कः https://merolagani.com/webinar.aspx

 



पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।