मेरोलगानीले एक दिने फण्डामेण्टल एनालाइसिस तालिम आयोजना गर्ने

Mar 25, 2024 11:25 AM Merolagani



पछिल्लो समय पाक्षिक रुपमा एक दिने प्राविधिक विश्लेषण तालिम सञ्चालन गर्दै आइरहेको मेरोलगानीले अब एक दिने फण्डामेण्टल एनालाइसिस अर्थात आधारभूत विश्लेषण तालिम पनि आयोजना गर्ने भएको छ ।

मेरोलगानीका प्रयोगकर्ताहरुले गरेको फण्डामेण्टल एनालाइसिस तालिमको माग अनुसार सो तालिम आयोजना गर्न लागिएको हो। शेयर बजारमा लगानी गर्नका लागि प्राविधिक विश्लेषण मात्र होइन, आधारभूत विश्लेषणको पनि त्यत्तिकै महत्व हुन्छ भन्ने आधारलाई स्पष्ट पार्न मेरोलगानीले यही चैत १७ गते, शनिबारका दिन सो एक दिने आधारभूत विश्लेषण तालिम आयोजना गर्न लागेको हो। सो तालिम मेरोलगानीको कार्यालय, त्रिपुरेश्वर, काठमाडौँमा बिहान १० बजेदेखि दिउँसो साढे २ बजेसम्म सञ्चालन हुनेछ।

सो तालिममा सहभागिता जनाउन तपाईले निम्न लिखित लिङ्कमा क्लिक गरी रजिष्टर गर्नुपर्ने हुन्छ। रजिष्टर शुल्क प्रतिव्यक्ति ३ हजार ५०० रुपैयाँ निर्धारण गरिएको छ। सो शुल्कमा तपाईले ‘हाई टि’ का साथै एक महिना अवधिका लागि न्यूजलेटर र बेसिक अनलाईन स्टक ट्रेनिङ्ग सेवा प्राप्त गर्न सक्नुहुनेछ।

लिङ्कः https://merolagani.com/webinar.aspx

 



सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।