रोकिएन शेयर बजारमा गिरावट, निरन्तर चौथो कारोबार दिन घट्यो नेप्से

Mar 25, 2024 03:14 PM Merolagani

पछिल्ला तीन कारोबार दिनदेखि निरन्तर ओरालो लागिरहेको नेप्सेले, यस साताको पहिलो कारोबार दिन पनि सोही क्रमलाई निरन्तरता दिएको छ।

सोमबार नेप्से परिसूचक १७.०१ अंक घटेर २०३१.५५ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ४.६४ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.४१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.७५ अंक घटेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार ४ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०४ स्टकको ४४ हजार २३६ पटकको कारोबारमा २ अर्ब ४८ करोड ९१ लाख रुपैयाँ बराबरको ७० लाख ६१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

नेप्से घटेपनि यस दिन दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन बोटलर्स नेपाल (बालाजु) र सर्वोत्तम सिमेन्टको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। गत साताको मंगलबारदेखि कारोबारमा आएको सर्वोत्तम सिमेन्टको शेयर, निरन्तर चौथो कारोबार दिन सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। यस दिन दुई स्टकको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन किसान लघुवित्त वित्तीय संस्था र बुद्धभुमि नेपाल हाइड्रोपावरको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

कारोबार रकमका आधारमा यस दिन गोर्खाज फाइनान्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २८ करोड ९० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन शिवम् सिमेन्टको साढे १३ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये यस दिन ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ। यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक २.१९ प्रतिशत बढेको छ। कारोबारमा आएको लघुवित्त उपसमूहको परिसूचक यस दिन सर्वाधिक २.२५ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन बैंकिङ्ग, विकास बैंक र जलविद्युत उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।