पाँचौ दिनसम्म सर्किट लाग्दा सर्वोत्तम सिमेन्टका लगानीकर्ताले कमाए साढे २४ हजार रुपैयाँ

Mar 26, 2024 12:51 PM Merolagani

बुक बिल्डिङ विधिबाट आइपीओ निष्काशन गरेको सर्वोत्तम सिमेन्ट (SARBTM) शेयरमा पाँचौ दिन पनि सर्किट लेभलमा कारोबार भएको छ । पहिलो दिन नेटवर्थको तीन गुणा अर्थात ५ सय ५६ रुपैयाँबाट कारोबार शुरु भएको सर्वोत्तम सिमेन्टको शेयरले पाँचौ दिन पनि सर्किटमै कारोबार भए पछि ८ सय ९५ रुपैयाँ १० पैसामा कारोबार भइरहेको छ ।

मंगलबार करिब डेढ घण्टाको कारोबारमा २६ हजार भन्दा बढी कित्ताको कारोबार भइसकेको छ । सर्वोत्तम सिमेन्टको आइपीओमा करिब ५५ हजार लगानीकर्ताले ५० कित्ताको दरले शेयर पाएका थिए । लगानीकर्ताले शेयर भर्न प्रति कित्ता ३ सय ६० रुपैयाँ ९० पैसाका दरले ५० कित्ता शेयर भर्न १८ हजार ४५ रुपैयाँ लगानी गरेका थिए । आजको मूल्यमा शेयर बेच्ने सर्वोत्तम सिमेन्टका लगानीकर्ताले २४ हजार ४ सय १९ रुपैयाँ ४३ पैसा खुद मुनाफा गरेका छन् । लगानीकर्ताले पुँजीगत लाभकर बापत् १ हजार ९ सय ७९ रुपैयाँ ९५ पैसा, ब्रोकर कमिसन १ सय ७९ रुपैयाँ २ पैसा, सेबोन शुल्क ६ रुपैयाँ ७१ पैसा, डीपी शुल्क २५ रुपैयाँ समेत कटाएपछि ४२ हजार ५ सय ६४ रुपैयाँ ३१ पैसा प्राप्त गर्न सक्नेछन् ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।