सुनको भाउमा फेरि नयाँ रेकर्ड, कति पुग्यो मूल्य?

Mar 28, 2024 10:52 AM Merolagani

सुनको भाउमा फेरि नयाँ रेकर्ड कायम भएको छ। बिहीबार सुन तोलामा ११०० रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार बिहीबार छापावाला सुन प्रतितोला १ लाख २७ हजार ९०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २७ हजार ३०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

बुधबार छापावाला सुन प्रतितोला १ लाख २६ हजार ८०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

यसअघि चैत ८ गते सुनको भाउ प्रतितोला २७ हजार ८०० रुपैयाँ पुगेर रेकर्ड कायम गरेको थियो। बिहीबार सो रेकर्डलाई तोड्दै सुनको भाउमा नयाँ रेकर्ड कायम भएको हो।

यस्तै चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले बढेर प्रतितोला १ हजार ५१० रुपैयाँ पुगेको छ। बुधबार चाँदी प्रतितोला १ हजार ४९० रुपैयाँमा खरिदबिक्री भएको थियो।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।