कृषि विकास बैंकले ग्लाेबल मनी विक बिद्यार्थीसँग बैंक कार्यक्रम संचालन

Mar 28, 2024 04:37 PM Merolagani

बिश्व बैंकको आह्वानमा यस बर्ष मार्च १८ देखि २४ सम्मलाई 'प्राेटेक्ट याेर मनी, प्राेटेक्ट याेर फ्यूचर' भन्ने नारा सहित ग्लाेबल मनी विकको रुपमा बैंकले सबै प्रदेशमा बित्तीय साक्षरता कार्यक्रमा संचालन गरेको छ ।

यसै सन्दर्भमा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरूङ स्वयम उपस्थित भई कृषि विकास बैंक कोशी प्रदेशको आयोजनामा हरिनगरा माध्यमिक बिद्यालय, हरिनगरमा बित्तीय साक्षरता कार्यक्रम हालै संचालन गरे ।

विद्यालयका ११ र १२ कक्षामा अध्ययनरत विद्यार्थिहरुलाई बैंकका प्रमुख कार्यकारी अधिकृतले बित्तीय साक्षरता कार्यक्रममा वित्तीय साक्षरताका सम्वन्धमा बैंक, विद्युतिय बैंकिंग सेवा, क्रिप्टो करेन्सी, क्यास लेस, पेपरलेस बैंकिङ सेवाहरु, बेलैमा बचत गर्ने बानीको बिकास,कर्जा, निक्षेप, एजेन्सी सेवा लगायत, बचतको महत्व, खाताबाट कारोवार गर्दा हुने फाईदा, विद्युतिय कारोवार गर्दा अपनाउनु पर्ने सावधानी, पारिवारीक खर्चको लेखापालन जस्ता विषयका सम्वन्धमा जानकारी गराउनुका साथै आर्थिक समृद्धिका लागि परिवारका सदस्यहरुको भुमिका,आम्दानीको बढी अंश बचत गरेर उत्पादनमूलक क्षेत्रमा लगाउनु पर्ने बारे प्रकाश पारे । साथै उक्त अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृतले हरिनगरा क्षेत्रका कर्जा ग्राहकहरुसंग कृषि विकास बैंकले प्रदान गर्दै आएको सेवा सम्वन्धमा जानकारी समेत लिए ।

यसकासाथै बैंकका उपमहाप्रबन्धकहरु प्रताप सुबेदी, बाबुकाजी थापा, यज्ञ प्रकाश न्यौपाने, दीर्ध बहादुर अर्याल र प्रेम कुमार श्रेष्ठको उपस्थितिमा बैंकका प्रदेश कार्यलयहरुले चैत ५ देखी ११ गतेसम्म सामुदायिक विद्यालय लगायत बिभिन्न २४ स्थानहरुमा वित्तीय सारक्षता कार्यक्रम संचालन गरेको छ । सो कर्यक्रमबाट करिव ५ हजार ६०० छात्र छात्रा लाभान्वित भएकाे बैंककाे भनाइ छ  ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।