हाेलीमा कर्णाली नदीमा हाम्फालेर बेपत्ता भएका युवककाे शव फेला

Mar 28, 2024 05:36 PM Merolagani

हाेलीकाे दिन कैलालीकाे चिसापानी पुलबाट कर्णाली नदीमा हाम्फालेर बेपत्ता भएका युवककाे शव फेला परेकाे छ । कैलालीस्थित लम्की–चुहा नगरपालिका–३ का लोकेन्द्र शाहीकाे शव टीकापुर सन्कट्टी घाट नजिकै भेटिएको हो ।

गत सोमबार १७ जना युवाहरूले पुलबाट हाम्फालेका भिडियाे सामाजिक संजालमा भाइरल भएकाे थियाे । हाम्फालेका मध्ये ३० वर्षका लोकेन्द्र शाही बेपत्ता भएका थिए ।  उनकाे शव बिहीबार भेटिएकाे हाे ।

हाेलि पर्व मनाउँदै ती १७ जना युवाहरूले चिसापानीमा मदिरा सेवन गरेको खुलेको छ । फाेटाे खिच्न जाने बहानामा उनीहरू पुलमा गएका थिए । तर उनीहरू पालैपाले हाम्फाल्न थालेकाे भिडियाेमा देख्न सकिन्छ। पुलबाट नदीमा हाम फालेका अन्य युवाहरू पौडी खेलेर बाहिर निस्कन सफल भएका थिए । तर शाही मात्र डुबेका थिए ।

 

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।