अन्तराष्ट्रिय महिला उद्यमी व्यापार मेला–२०२४, भोलि प्रधानमन्त्रीले उद्घाटन गर्दै

Mar 28, 2024 05:46 PM Merolagani

अन्तराष्ट्रिय महिला उद्यमी व्यापार मेला–२०२४ भोलि चैत १६ गतेदेखि सुरु हुन लागेको छ। उद्यमी महिलाहरुरुको साझा संस्था महिला उद्यमी महासंघ नेपाल (एफवीन) ले आयोजना गरेको यो मेला प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्न लागेका हुन्।

उद्यमी महिलाहरुद्धारा उत्पादित वस्तु तथा सेवाको प्रर्वद्धन र राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा निर्यातका लागि सहजिकरण गर्न आयोजना गर्दै आएको यो मेला सातौँ संस्करण हो।  

महासंघले उद्यमी महिलाको क्षेत्रमा एड्भोकेसि, विजनेश डेभलपमेन्ट, क्यापसिटि विल्डीङ र नेटवर्किङमा केन्द्रीत रहेर काम गर्दै आएको छ। यहि उद्देश्य अन्तर्गत हरेक वर्ष यसरी नै राष्ट्रिय स्तरको मेला आयोजना गर्दै आएको महासंघले जनाएको छ।

मुख्यगरी मेलाबाट उद्यमी महिलाहरुलाई व्यापार विस्तारको लागि पहुँच विस्तारमा मद्दत मिल्ने संघकी अध्यक्ष शोभा ज्ञवालीले बताइन।

उनले भनिन्, ‘उद्यमी महिला आफैले अन्य स्रोतबाट सिकेर होस या महासंघले सिकाएर, उद्यम व्यापार त गरिरहनु भएको छ । तर, मेलामा आफुजस्तै उद्यम गरेकाहरुले के कसरी गरेका छन्, आफु कहाँ चुकेको छु, थप राम्रो कसरी गर्न सकिन्छ भन्ने कुरा साथिहरुको हेरेर पनि सिक्ने मौका पनि मिल्छ।’

‘स्वदेशी खाउँ, स्वदेशी लगाउँ र स्वदेशी उद्यमशिलतालाई प्रर्वद्धन गरौँ’ भन्ने मुल नाराका साथ महिला उद्यमीको क्षेत्रमा काम गर्दै आएको यस संस्थाले समुद्घाटन समारोहमा उच्च पदस्थ व्यक्ति तथा राजदुतहरुलाई नेपाली पोशाकमा ‘र्याम्पो वाक’ गराउन लागेको छ।

साथै लामो समयदेखि उद्यम गर्दै आएका, सिप तथा क्षमता भएका तर आर्थिक रुपमा कमजोर भएका महिला उद्यमीहरु जसलाई सहयोगको आवश्यकता छ उनीहरुलाई महासंघले मेलामा निःशुल्क स्टलको समेत व्यवस्था गरेको छ। महासंघको सीएसआर फण्डबाट १२ वटा स्टल निशुल्क रहेको अध्यक्ष ज्ञवालीले बताइन।

उनका अनुसार आर्थिक अवस्था कमजोर भएको कारण उद्यमलाई विस्तार गर्न नसकेका महिला उद्यमीलाई आवश्यकता अनुसार ‘सिड्स मनी’ र क्षमता अनुसार अवसर पनि प्रदान पनि गरिने बताईन्।

मेला भोलि शुक्रबार अथात चैत १६ गतेदेखि २० गतेसम्म ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा हुन लागेको छ। अवलोनकका लागि कुनै पनि शुल्क राखिएको छैन भने आफुले चाहेको सामान खरिद गर्न पनि सकिन्छ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।