नेपालमा अन्तर्राष्ट्रिय लगानी आउने वातावरण बनेको छः अर्थमन्त्री पुन

Mar 28, 2024 05:40 PM Merolagani

अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपालमा वैदेशिक लगानीका लागि उपयुक्त वातावरण बनेको बताएका छन् । शिष्टाचार भेटका लागि बिहीबार सिंहदरबारस्थित मन्त्रालय आएकी नेपालका लागि फिनल्याण्डकी राजदूत रिना–रिक्का हेइक्कासँगको भेटमा मन्त्री पुनले नेपालमा लगानीको वातावरण बन्दै गएको बताए ।

मन्त्री पुनले लगानी वातावरण बनाउन सरकारले एक दर्जन बढी विद्यमान कानूनमा संशोधन प्रक्रिया अघि बढाएको जानकारी दिए । लगानीको सुरक्षा गर्न सरकार प्रतिबद्ध रहेको उनको थियो । मन्त्री पुनले आगामी वैशाख १६ र १७ मा काठमाडौँमा हुने लगानी सम्मेलनमा बढीभन्दा बढी अन्तर्राष्ट्रिय लगानीकर्ता ल्याउन लागि परेको भन्दै त्यसमा सहयोग गर्न राजदूत हेइक्कासँग आग्रह गरे । नेपालमा जलविद्युत, ऊर्जा, पूर्वाधार र सूचना प्रविधि क्षेत्रमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई मन्त्री पुनले आग्रह गरे ।

फरक प्रसंगमा उनले १० वर्षअघि नेपालमा महिलाको राजनीतिक अधिकार प्राप्तिको एजेण्डा प्रमुख रहेको स्मरण गर्दै हाल नेतृत्व क्षमता विकास तथा आर्थिक सामाजिक पहुँच वृद्धिलाई प्राथमिकतामा राखिएको जनाए । मन्त्री पुनले दौत्य सम्बन्धको अर्धवार्षिकी पार हुनै लाग्दा फिनल्याण्डले नेपालको शिक्षा, स्वास्थ्य र स्वच्छ खानेपानीका क्षेत्रमा गर्दै आएको निरन्तर सहयोगका लागि नेपाल र नेपालीका तर्फबाट धन्यवाद दिए ।

साेहि क्रममा राजदूत हेइक्काले लगानी सम्मेलन अघि नै युरोपेली संघ (ईयू) को नोकिया बिजनेश कम्पनीको उच्चस्तरीय प्रतिनिधि मण्डल नेपाल आउने जानकारी दिइन् । विगतमा मोबाइल कम्पनी सञ्चालन गरेको नोकियाले पछिल्लो समय सूचना प्रविधि र सफट्वेयरकाे क्षेत्रमा लगानी गर्दै आएको छ । फिनल्याण्डको शुद्ध पिउने पानीको वितरण प्रणाली उच्चस्तरको रहेको भन्दे राजदूतले हेइक्काले त्यस क्षेत्रमा मिलेर काम गर्ने चाहना राखिन् । कर्णाली र मधेसमा स्वच्छ पिउने पानीका लागि फिनिस सरकारको सहयोगमा आयोजना सञ्चालनमा रहेको बताइन् ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।