सर्वोत्तमको शेयरमा दोस्रो दिन पनि बिक्री चाप, १,०८३ पुगेकाे शेयर मूल्य ९२५ रुपैयाँमा आइपुग्याे

Apr 01, 2024 11:53 AM Merolagani



बुक बिल्डिङ विधिबाट आईपीओ निष्काशन गरेको सर्वोत्तम सिमेन्टको शेयर मूल्य आज दोस्रो दिन पनि बिक्रीमा चाप देखिएको छ । कारोबारमा आएदेखि आज दोस्रो दिन सार्वोत्तममा बिक्री चाप देखिएको हो ।

सर्वोत्तमको शेयर दोस्रो बजारमा कारोबारमा आएदेखि नै निरन्तर सर्किट लेभलमा कारोबार हुँदै आएको थियो । आइतबार नकारात्मक सर्किट लेभलमा कारोबार भएको कम्पनीको शेयरमा सोमबार पनि घट्ने क्रमलाई निरन्तरता दिएको हो ।

यस समाचार तयार पार्दाको अवधिसम्ममा कम्पनीको शेयर ५.०८ प्रतिशतले घटेर ९२५ रुपैयाँमा कारोबार भइरहेको छ ।  १,०८३ पुगेकाे शेयर मूल्य ९२५ रुपैयाँमा आइपुगेकाे छ । पछिल्लो समय सर्वोत्तमका शेयरमा लगानीकर्ता चासो धेरै देखिएको छ । बुक बिल्डिङ विधिबाट आईपीओ निष्काशन भएको पहिलो कम्पनी र कारोबारमा थोरै शेयर रहदा पनि लगानीकर्ताको आकषर्ण परेको हो ।

सर्वोत्तम सिमेन्ट कम्पनीको पहिलो दिन नेटवर्थको तीन गुणा अर्थात ५ सय ५६ रुपैयाँबाट कारोबार शुरु भएको थियो । सिमेन्टको शेयरले निरन्तर सातौ कारोबार दिनसम्म सर्किटमै कारोबार भएर आठौं र नवौं कारोबार दिन घटेको हो ।

यस कम्पनीको आईपीओमा करिब ५५ हजार लगानीकर्ताले ५० कित्ताको दरले शेयर पाएका थिए । लगानीकर्ताले शेयर भर्न प्रति कित्ता ३ सय ६० रुपैयाँ ९० पैसाका दरले ५० कित्ता शेयर भर्न १८ हजार ४५ रुपैयाँ लगानी गरेका थिए ।




साहस ऊर्जाको खुद नाफा १ अर्ब ३५ करोड नाघ्यो, प्रतिशेयर आम्दानी कति?

Aug 02, 2026 09:39 AM

साहस ऊर्जा लिमिटेड (SAHAS) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरण अनुसार गत आर्थिक वर्ष कम्पनीको विद्युत बिक्री आम्दानी र खुद नाफामा अघिल्लो आर्थिक वर्षको तुलनामा बढेको छ।