सुनको भाउ आकासिदै, तोलामै १,६०० रुपैयाँले महंगिएर पुग्यो एक लाख ३१ हजार ६०० रुपैयाँकाे नयाँ उचाइमा

Apr 01, 2024 12:01 PM Merolagani



सुनको भाउ आकासिने क्रम रोकिएको छैन । हरेक दिनजसो सुनको भाउले नयाँ रेकर्ड बनाइरहेको छ । चैत १९ गते, सोमबार पनि सुन तोलामा नै एक हजार ६०० रुपैयाँले महंगिएर ऐतिहासिक उचाइमा पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३१ हजार ६०० रुपैयाँ पुगेको छ । यसैगरी, तेजाबी सुनले प्रतितोला एक लाख ३० हजार ९५० रुपैयाँको स्तर छोएको छ।

यसअघि शुक्रबार पनि सुन हालसम्मकै महंगो मूल्यमा कारोबार भएको थियो । त्यस दिन सुन प्रतितोला एक लाख ३० हजार रुपैयाँ पुगेको थियो । तर आइतबार भने सुनको मूल्य स्थिर रहँदा सोहि मूल्य कायम रह्यो ।

सोमबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १० रुपैयाँले वृद्धि भएर प्रतितोला एक हजार ५३५ रुपैयाँमा खरिदबिक्री हुँदैछ । हिजो भने चाँदीको मूल्य स्थिर रहेर प्रतितोला एक हजार ५२५ रुपैयाँमा किनबेच भएको थियो ।

किन महंगिदैछ सुन ?

विश्व बजारमा सुनको भाउ आकाशिएसँगै नेपाली बजारमा पनि यसको प्रभाव परेको हो । अमेरिकी डलरको मुल्यमा देखिएको मजवुतिसँगै त्यसको प्रभाव सुनको मुल्यमा पर्दै गएको बिश्लेषकहरुले बताएका छन्।

विश्व बजारमा यतिबेला अमेरिकन फेडरल बैंकले पटक पटक ब्याजदर घटाउने भनेका कारण पनि सुनको भाउ बढ्न सहयोग पुगेको छ । लगानीकर्ताहरूले बैंकबाट रकम निकाल्दै सुनमा लगानी गरेको हुँदा पनि सुनको माग बढेको छ । जसकारण सुनको भाउ ह्वात्तै बढेको विश्लेषकहरूले बताइरहेका छन् ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ बढ्नुको अर्को कारण रूसका राष्ट्रपति पदमा भ्लादिमिर पुटिन पुनः निर्वाचित हुँदा आणविक हमला हुने संकेत देखिएकाले हो। सोहि त्रासका कारण अन्तरराष्ट्रिय बजारमा सुनलाई सुरक्षित लगानीका रूपमा मानिएको छ र लगानी सुनमाथि नै थुप्रि रहेको छ । महासंघका महासचिव धर्म सुन्दर बज्राचार्यले आणविक आक्रमण गरिने भनिएकाले लगानीकर्ताहरूले सुनमा नै लगानी गरिरहेको बताए। उनले भने, "एकातिर बैंकले ब्याज कम गर्दैछ, अर्कोतिर आणविक आक्रमण होला जस्तो छ । यसरी सुरक्षित लगानी त सुन नै हुने हो भन्ने उनीहरूलाई लागेको छ । मानिसहरू बजारमा दौडिनासाथ बजारमा प्रेसर बढ्दछ । यसरी सुनको माग बढ्छ र भाउ पनि बढ्दै जान्छ ।"

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनकाे भाउ थप बढ्न सक्ने संकेत देखिएकाे छ । महासंघका महासचिव बज्राचार्य भन्छन्, "सुनकाे भाउ अझै २/४ दिन बढ्न सक्छ । सुन ताेलाकाे एक लाख ३५ हजार रूपैयाँसम्म पुग्ने अनुमान गर्न सकिन्छ ।"




अर्थ मन्त्रालयले भन्याे 'अर्थमन्त्री पौडेल आक्रमणमा पर्नु भएको होइन'

Sep 10, 2025 11:55 AM

अर्थ मन्त्रालयले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आक्रमणमा नपरेकाे जनाएकाे छ । २०८२ साल भदौ २४ गते अर्थमन्त्री पौडेललाई आक्रमण गरिएको भन्दै फैलाइएका भिडियो तथा हल्लाहरू भ्रामक भएकाे बताएकाे छ ।