गृहमन्त्री लामिछाने र जर्मन राजदूतबीच भेट,भोकेसनल ट्रेनिङ्गमा जाने विद्यार्थीका लागि आवश्यक समन्वय गरी सहजीकरण गरिने

Apr 02, 2024 03:04 PM Merolagani



उपप्रधान एवंं गृहमन्त्री रवि लामिछाने र नेपालका लागि जर्मन राजदूत थोमस प्रिन्जबीच शिष्टाचार भेटघाट भएको छ। भेटघाटका क्रममा राजदूत प्रिन्जले मन्त्री लामिछानेलाई बधाई तथा सफल कार्यकालका लागि शुभकामना व्यक्त गरे।

राजदूत प्रिन्जले नेपालको अध्यागमन प्रशासन सुधार गर्नका लागि अत्यावश्यक देखिएको इ-गेट निर्माणमा सहकार्य गर्न खोजिएको जानकारी दिए। उनले जर्मनी जान इच्छुक नेपाली विद्यार्थीका लागि अध्ययन र कामसँग सँगै गर्न मिल्ने गरी भोकेसनल ट्रेनिङ्गमा पठाउने विषयमा श्रम, शिक्षा र गृह मन्त्रालयबीच समन्वय हुन नसक्दा अध्यागमनबाट फर्कन परेको गुनासो राखे।

गृहमन्त्री लामिछानेले अध्यागमनलाई अत्याधुनिक बनाई नेपाल भित्रने पर्यटकको आकर्षण र सीमा अपराध न्यूनीकरण गर्नका लागि समेत इ-गेट (सफ्टवयर र हार्डवयर) तर्फ सुधार आवश्यक भएकाले सो सम्बन्धमा अध्ययन र छलफल गरी निष्कर्षमा पुगिने बताए ।

यसका साथै, गृहमन्त्रीले भोकेसनल ट्रेनिङ्गमा जान इच्छुक विद्यार्थीका लागि आवश्यक समन्वय गरी सहजीकरण गरिने बताए। राजदूत प्रिन्जले घनिष्ठ  सम्बन्ध रहेको देशको नाताले अनन्तकालसम्म साझेदारी, समन्वय र सहकार्य रहने प्रतिवद्धता व्यक्त गरे।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।