बूढीगण्डकीको पिपिएसम्बन्धि सार्वजानिक सुनुवाइ सम्पन्न, २०८५ चैतदेखि व्यवसायिक उत्पादन गर्ने लक्ष्य

Apr 02, 2024 07:19 PM Merolagani



बूढीगण्डकी जलविद्युत् आयोजनाको विद्युत् खरिद सम्झौता (पिपिए) बारे सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । विद्युत् नियमन आयोगले मंगलबार विद्युत् विकास विभागको सभाहलमा सार्वजनिक सुनुवाई सम्पन्न गरेको हो ।

गण्डकीको गोरखा जिल्लामा निर्माण हुन लागेको ३४०.४२३ मेगावाटको बूढीगण्डकी आंशिक जलाशययुक्त जलविद्युत् आयोजनाको विद्युत् खरिद सम्झौता (पिपिए) को लागि नेपाल विद्युत् प्राधिकरणले आयोग समक्ष पेस गरेको निवेदनमा आयोगले सरोकारवाला पक्षलाई बोलाएर सार्वजनिक सुनुवाई गरेको हो ।

कार्यक्रममा विभागका अध्यक्ष डिल्लीबहादुर सिंहले विद्युत नियमन आयोगले जलविद्युत आयोजना निर्माणको लागि कम्पनी ले मागेका स्वीकृतिमा तत्कालै निर्णय गर्ने गरेको र यसले निजी उर्जा प्रवद्र्धकहरुले सहज महसुस गरेको बताए। उनले नियम–कानुनले मिल्ने भएसम्म जलविद्युत आयोजनाको कुनै पनि काम नरोक्ने बताए।

विद्युत नियम आयोले स्वीकृति दिएपछि विद्युत खरिद बिक्री सम्झौता गरिने विद्युत् प्राधिकरणका निर्देशक राजन ढकालले बताए ।

बुढिगण्डकी आयोजना गोरखा जिल्लाको चुमनुब्री र धार्चे गाउँपालिकामा निर्माण हुनेछ । आयोजना सम्पन्न गर्न ५ हजार ५ सय ५७ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनाको प्रतिमेगावाट लागत १६ करोड २९ लाख ८८ हजार रुपैयाँ हुन छ।

आयोजना सम्पन्न गरी २०८५ चैतदेखि व्यवसायिक उत्पादन गर्ने कम्पनीको लक्ष्य छ ।

 




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।