सुनको भाउमा एकपछि फेरि अर्काे नयाँ रेकर्ड, एकैदिन ताेलामा २ हजार ९०० रुपैयाँले बढ्यो

Apr 07, 2024 11:08 AM Merolagani



सुनको भाउमा फेरि नयाँ रेकर्ड कायम भएको छ। चैत २५ गते आइतबार सुनको भाउ एकैदिन २ हजार ९०० रुपैयाँले बढेर नयाँ रेकर्ड कायम भएको हो।

 नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार आइतबार छापावाला सुन प्रतितोला १ लाख ३५ हजार ६०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ३४ हजार ९५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

गत शुक्रबार छापावाला सुन प्रतितोला १ लाख ३२ हजार ७०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

यसैगरी चाँदीको भाउ पनि तोलामा ५५ रुपैयाँले बढेर नयाँ उचाइमा पुगेको छ। आइतबार चाँदी प्रतितोला १ हजार ६७० रुपैयाँमा खरिदबिक्री भइरहेको महासँघले जनाएको छ। यो चाँदीको हालसम्मकै उच्च मूल्य हो।

अमेरिकी केन्द्रीय बैंक (फेड) ले कुनै पनि समय ब्याजदर घटाउन सक्ने भएकोले अन्तराष्ट्रिय बजारमा सुनको भाउ लगातार बढ्दै गएको हो। फेडले अहिले महँगी नियन्त्रणमा आएकाले ब्याजदर कटौती गर्ने तयारी गरिरहेको छ। 

नेपालमा सुनको भाउ अन्तराष्ट्रिय बजारमा हुने मूल्य घटबढको आधारमा तय हुने गरेको छ। यसले गर्दा नेपालमा पनि सुनको भाउ लगातार बढ्दै गएको हो। अहिले सुनको भाउ अझै बढ्ने संकेत देखिएको व्यवसायीहरु बताउछन्।

सुनको भाउ अत्याधिक बढेपछि अहिले सुन कारोबार भने केहि घटेको व्यवसायीहरु बताउछन्। अहिले ग्राहकहरुले अत्यावश्यक बाहेकको सुन खरिद नगरेको र कतिपयले आफ्नै पुरानो सुन ल्याएर समेत नयाँ सुनका गरगहना बनाइरहेको व्यवसायीहरु बताउछन्।




सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँट

Jan 26, 2026 04:34 PM

सोलु हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीकाे शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो।