यज्डी स्क्र्याम्ब्लर मोटरसाइकलले ल्यायो “जीवनमा एकपटक मात्र पाइने अफर”

Apr 07, 2024 03:50 PM Merolagani



यज्डी मोटरसाइकलहरुको एक मात्र आधिकारिक विक्रेता अग्नि मोटोइंकले नयाँ वर्ष २०८१ को अवसरमा आफ्नो यज्डी स्क्र्याम्ब्लरमा जीवनमा एकपटक मात्र पाइने अफर ल्याएको छ । यस अफरमा हरेक राइडरले अविश्वसनीय क्याशब्याक र सबैभन्दा ठूलो छुट पाउनेछन् ।

“हाम्रो शोरुममा आउने सबैले यज्डी स्क्र्याम्ब्लरलाई एकदम मनपराउनु भएको छ । उहाँहरुको यही उत्सुकतालाई साथ दिन हामीले नयाँ वर्षको अवसरमा यज्डी स्क्र्याम्ब्लरमा अविश्वसनीय क्याशब्याक र सबैभन्दा ठूलो छुट दिने योजना ल्याएको हौं,” अग्नि मोटोइंकका उपमहाप्रबन्धक प्रत्युश श्रेष्ठले भने।

अन रोड र अफ रोड सबैतिर चलाउन सकिने यो शक्तिशाली यज्डी स्क्र्याम्ब्लर उत्कृष्ट राइडको अनुभव चाहनेरुलाई लक्षित गरी ल्याइएको हो । यस मोटरसाइकलमा बिएससिक्स इन्जिन, परिष्कृत स्लिपर क्लच र अधिकतम सुरक्षाको लागि स्विच गर्न मिल्ने डुअल च्यानल एबिएस राखिएको छ ।

यो अफरमा मोटरसाइकल खरिद गर्नका लागि ग्राहकहरु हाम्रो उत्तरढोका, काठमाडौं तथा नेपालगञ्जमा रहेका हाम्रा शोरुमहरुमा जान सकिन्छ । यज्डी स्क्र्याम्ब्लरको साथै कम्पनीले यज्डी एड्भेन्चर र यज्डी रोड्स्टर पनि बिक्री वितरण गर्दै आएको छ । यज्डी मोटरसाइकल सन् १९६१ देखि राइडरहरुको मन जित्नै आएको मोटरसाइकल हो ।

 

 




यी हुन् गत वर्ष नेप्से ३ हजार पुगेकाे बेलाभन्दा अहिले ३ हजार पुग्दै गर्दा उच्च मूल्यमा कारोबार भइरहेका कम्पनी

Jul 24, 2025 06:24 AM

मौद्रिक नीति आउन एक दिन अगाडिबाट बढ्न थालेको बजार अहिले झन्डै ३ हजारको हाराहारीमा छ । असार २६ गते २६८० को हाराहारीमा रहेको बजार अहिले साउन ६ गतेसम्म पुग्दा २९७८.८८ विन्दुमा पुगेको छ । गत वर्ष साउनको अन्तिम दिन पनि नेप्से परिसूचक ३ हजारको विन्दुमा अडिएको थियो त्यसपछि भने नेप्सेले ओरालो गति समातेको थियो ।