यज्डी स्क्र्याम्ब्लर मोटरसाइकलले ल्यायो “जीवनमा एकपटक मात्र पाइने अफर”

Apr 07, 2024 03:50 PM Merolagani



यज्डी मोटरसाइकलहरुको एक मात्र आधिकारिक विक्रेता अग्नि मोटोइंकले नयाँ वर्ष २०८१ को अवसरमा आफ्नो यज्डी स्क्र्याम्ब्लरमा जीवनमा एकपटक मात्र पाइने अफर ल्याएको छ । यस अफरमा हरेक राइडरले अविश्वसनीय क्याशब्याक र सबैभन्दा ठूलो छुट पाउनेछन् ।

“हाम्रो शोरुममा आउने सबैले यज्डी स्क्र्याम्ब्लरलाई एकदम मनपराउनु भएको छ । उहाँहरुको यही उत्सुकतालाई साथ दिन हामीले नयाँ वर्षको अवसरमा यज्डी स्क्र्याम्ब्लरमा अविश्वसनीय क्याशब्याक र सबैभन्दा ठूलो छुट दिने योजना ल्याएको हौं,” अग्नि मोटोइंकका उपमहाप्रबन्धक प्रत्युश श्रेष्ठले भने।

अन रोड र अफ रोड सबैतिर चलाउन सकिने यो शक्तिशाली यज्डी स्क्र्याम्ब्लर उत्कृष्ट राइडको अनुभव चाहनेरुलाई लक्षित गरी ल्याइएको हो । यस मोटरसाइकलमा बिएससिक्स इन्जिन, परिष्कृत स्लिपर क्लच र अधिकतम सुरक्षाको लागि स्विच गर्न मिल्ने डुअल च्यानल एबिएस राखिएको छ ।

यो अफरमा मोटरसाइकल खरिद गर्नका लागि ग्राहकहरु हाम्रो उत्तरढोका, काठमाडौं तथा नेपालगञ्जमा रहेका हाम्रा शोरुमहरुमा जान सकिन्छ । यज्डी स्क्र्याम्ब्लरको साथै कम्पनीले यज्डी एड्भेन्चर र यज्डी रोड्स्टर पनि बिक्री वितरण गर्दै आएको छ । यज्डी मोटरसाइकल सन् १९६१ देखि राइडरहरुको मन जित्नै आएको मोटरसाइकल हो ।

 

 




नाफासँगै बढ्यो सानिमा बैंकको प्रतिशेयर आम्दानी

Jul 27, 2026 09:37 AM

सानिमा बैंक लिमिटेड (SANIMA) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको मुख्य आम्दानी, खुद नाफा तथा लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा सुधार देखिएको छ।